यादहरु सम्हालेर राख्नु जतन सँग
मान्छे छुट्टिन सक्छन् धड्कन सँग
प्रमाणित भएको हो फेरि पनि भयो
यार मायाले जित्न सक्दैन धन सँग
यो अचम्मको शहर हो छक्क नपर
पत्थरको पनि दोस्ती हुन्छ घन सँग
तिम्रो मनको कुरा सुनाउ सुन्छु आज
गुनासो धेरै भयो मेरो आँफ्नै मन सँग
लय मिलेन
ताल मिलेन जिन्दगीलाई गति मिलेन
दुखिरह्यो मुटुको घाउ ओखती मिलेन
हिसाब मिलान भएन सुख र दुःखको
मिल्नु पर्थ्यो खुसी अलि कति मिलेन
हक अधिकार दाबी गर्न कहाँ जाउ म
मेरो भागमा माया भएको जति मिलेन
दिलको चिता सजिएर जल्न आतुर छ
मनमुटुलाई आगो लगाउने सति मिलेन