कसैले तोडेको यो मनलाई कोही जोड्न आएकोछ
यात भरिभराउ पार्छ प्रेमले या बाकी पनि निचोड्न आएकोछ
आश देखाएकोछ छोड्दिन भनेर
यात अँगालेर हुर्काउन या मारेर छोड्न आएकोछ
चाहिएको थियो साथ कसैको उ साथ दिन आएकोछ
के गरौँ फेरि कसैले मतिर प्रेमको हात बढाएकोछ
कसैले तोडेको यो मनलाई कोही जोड्न आएकोछ
आउ हिसाब लगाऊ
मेराे:- माया
तिम्रो:- घात
मेराे:- उज्यालो
तिम्रो:- रात
मेराे:- प्रेम
तिम्रो:- चोट
मेराे:- साथ
तिम्रो:- बिछोड
मेराे:- विश्वास
तिम्रो:- छल
मेराे:- आज
तिम्रो:- कल
तर पनि कुनै गुनासो छैन,
जहां जो सँग छौ खुसी हौ...
जित्छु भन्यौ तिमीले, हाँसी हाँसी हारी दिएँ ।
छोड्छु भन्यौ तिमीले, यो मनलाई मारी दिएँ ।
तिमीलाई खुशी राख्न सकीन यो जीवनमा,
मनको सारा इक्षाहरु तिम्रै लागी तारी दिएँ ।
के थियो त्यस्तो मैले दिन नसक्ने तिमीलाई,
नाता हाम्रो खार भन्यौ त्यो पनी खारि दिएँ ।
आमा भन्नुहुन्थ्यो -
छोरी मान्छेले हरेक कुरा चुपचाप सहनुपर्छ,आफ्नो चित्कार बाहिर जान दिनुहुदैन,
त्यसपछि आवाज भित्र दबाउँदा दबाउँदै एकदिन,
आफ्नै श्रीमानले ढोकाको चुकुल लगाएर घाँटी दबाउँदा नी आवाज निकाल्ने हिम्मत आएन ।
शब्द ✍️मन्नु
भन्दिन गुलाफ काँडाको लागि झर्नै पर्छ !
छोडी आँशु खुसी मेरो भागमा पर्नै पर्छ !!
मलाई लाग्छ प्रेम एउटा मिठो मनोभाव हो !
जरुरी छैन मैले गर्छु त तिम्ले पनि गर्नै पर्छ !!!
फेरि कतै हाम्रो भेट हुँदा आँखा जुदाऊन सकौला र
तिमीले जे गर्यौ त्यो किन गर्यौ भनी बताउन सकौला र
धेरै भरोसा थियो साच्चै तिमीमा जुन एकपलमा तोडिदियौ
मुटुमा हात राखी मलाई गलत साबित गराउन सकौला र...
#dedicatedtoyou#mannu
रमाउने उमेरमा सिन्दुरको गहकिलो भार बोक्न पुगेछ।
तिमीले मलाई लताउँदै गर्दा, तिम्रो खुट्टा समाई रोक्न पुगेछु।।
भयो अब तिमीलाई सम्झी हर क्षण म आँशुमा डुब्न चाहान्न
स्वार्थी संसारमा, तिमी सङ्ग चोखो माया खोज्न पुगेछु ।।🙄😔
बगेको खोली जस्तै छु म फर्किन सक्दिन।
पहिलाको जस्तै माया अब रोप्दिन सक्दिन ।।
मैं पागल हु तिमीलाई हर क्षण मरिहत्ते गर्ने,
भविष्यको बाटो हिडी सके अब तर्किन सक्दिन।।