नेपाली जनता बुढो नेतासंग भन्दा पटकपटक परीक्षण भएका नया/ पुराना नेताहरुसंग इरिटेड भएका हुन। आज नेपालीको खोजेको बूढो वा तन्नेरी नै होईन डेलीभरी( काम) हो। यस्तो अवस्थामा २/२ पटक राष्ट्रपति /मन्त्री / सांसद भएका पात्रहरू सकृय राजनीतिमा फर्कदामा राजनीति झन धमिलो होला सङ्लदैन।
BRI चीनसँग विकास सहकार्यको परियोजना हो। यो ऋण, अनुदान, भिख दान केही पनि होईन। मूख्य कुरा पूर्वाधार, ब्यापार र लगानीमा चीनसंग साझेदारी नै BRI हो। MCC , US AID झै बुझेका अल्पज्ञानीहरुले नेपाल चीन संबन्ध गिजोले।
राजनीतिक स्थिरताका संबिधान संशोधनका
मूख्य ३ एजेन्डा
(१) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ( सबै तह)
(२)पूर्णसमानुपातिक निर्वाचन प्रणाली
( बहुसदस्यीय निर्वाचन क्षेत्र)
(३)सांसद मन्त्री बन्न नपाउने ( बिज्ञबाट मन्त्री )
बिपदमा आफ्ना नागरिकलाई कसरी जोगाउने भन्ने कुरा ओली सरकारले रेनु दाहालबाट सिके हुने। भरतपुर महानगरलौ बाढीबाट हुनसक्ने संभावित क्षतिलाई रोक्न ५१५ घरका १४१० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको र बाढि रोकिए पश्चात् आ- आफ्नो घरमा फर्काउने काम गरेको थियो।