नेपाल सरकारका पूर्व सचिव @spsharma77
काे अग्रसरता र नेतृत्वमा अायाेजनाे क्षेत्रका बाढी प्रभावितका लागि संकलन भएकाे रकम मध्ये ३, ३ लाख रूपियाँकाे चेक मेलम्ची नपाका मेयर डम्बर अर्याल र पाँचपाेखरी थाङपाल गापा अध्यक्ष टासी लामालाइ हस्तान्तरण गरियाे, अभियान सामेल सबैलाइ धन्यवाद ��
नेपाल सरकारका पूर्व सचिव @spsharma77 काे अग्रसरता र नेतृत्वमा मेलम्च�� बाढी प्रभावितका लागि संकलन भएकाे रकम मध्ये ६ लाख रूपियाँकाे चेक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पामार्फत साे गाउँपालिकालाइ प्रदान गरियाे । यस अभियानमा साथ सहयाेग गर्नुहुने सबैलाइ धन्यवाद ।
वर्षायाम अगावै सुरुङ खाली गरी निरीक्षण गर्ने, आवश्यक सुधारका कार्य गर्ने र पुनः पानी भर्ने कार्यहरु प्रारम्भ गर्नुपर्ने भएकोले मिति २०७८ असार १ गतेबाट सुरुङ खाली गरी निरीक्षण गर्ने र पुनः भरण गर्ने कार्यहरु सुरु गर्न लागेको जानकारी गराउँछौं ।
@Ac46086364Shyam मेलम्ची खानेपानी अायाेजनाले पानी वितरणकाे कार्य गर्दैन । तपाइँकाे क्षेत्रमा पानीकाे अापूर्ति काठमाडाैं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मार्फत हुन्छ, त्यसैले तपाइँकाे समस्या केयुकेएलमा राख्नुहुन अनुराेध छ ।
मेलम्ची खानेपानी विकास समितिकाे कार्यकारी निर्देशकमा राम कुमार श्रेष्ठलाइ स्वागत । नयाँ कार्यकारी निर्देशकज्यूले जेठ ३ गते साेमवारबाट पदभार ग्रहण गर्नुभएकाे छ ।
मेलम्ची खानेपानी विकास समितिले अाज मिति २०७८ बैशाख ६ गतेबाट सुन्दरीजलमा निर्मित दुवै पानी प्रसाेधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन गरी उपत्यकाकाे वितरण प्रणालीमा प्रतिदिन १७ कराेड लिटर पानी उपलब्ध गराउन सुरू गरेकाे जानकारी गराउँछाैं ।
धन्यवाद PID TEAM ��ाई जो रातभरको मेहनत पछि बॉसबारी रिजरभ्वायरमा पानी हाल्न सफल भएको छ। बॉसबारीबाट पानी प्राप्त गर्ने सम्पुर्ण उपभोक्तालाई बधाई। अब चॉडै मेलम्चीको पानी प्राप्त गर्नुहुनेछ।
@ChhetuSherpa@hello_sarkar याे कार्य मेलम्ची खानेपानी विकास समितिबाट नभएर अायाेजना कार्यान्वयन निर्देशनालयबाट भएकाेले सम्बन्धित निकायमै सम्पर्क गर्न अनुराेध छ ।