बड्के चेकवाला देश र तिनका FNGO को तप्केनीमा रही ससाना देशमा दवाव, प्रभाव वा नमागेको सुझाव दिई रहने,यो वा त्यो सूचीमा राख्ने निकाल्ने,बढुवा दिने घटुवा गर्ने, तिनका मान्यतातिर डोर्याउन भव्य/grand भाष्य बनाउने सबै अन्ताराष्ट्रिय संस्था र तिनका कर्मचारीको उच्च सम्मान गरौँ|😂🤣😇
उपनिवेश आविष्कारीकरण, विश्वास विस्तारीकरण,अन्य समाज ध्वस्तीकरण, भिन्न सभ्यता घृणीकरण,पर इतिहास बिटुलीकरण, गैर व्यक्तित्व छिमलीकरण, द्वन्द लादीकरण ,दातव्यमुखी पैदल सेना उचालीकरणका निम्ति बौद्धिक कारखानामा उत्पादित बिभिन्न तह तप्काका वाद, विचार र भाष्यको उच्च सम्मान गरौँ|😂🤣😇
उस्लाई ऊसँग लडाउने, त्यसलाई ऊससँग भिडाउने,यस्लाई ऊभन्दा नयाँ बताउने,खोलो उसले धमिल्याएको फेरी लाउने, उच्च वैज्ञानिकताकालागि हुनसक्छ, लाग्छ, देखिन्छ,सुनिन्छ, भन्छन् ,लेख्छन् भन्दै पृथ्वी सम्माउन, सबलाई उस्तै उत्रै बनाउन लागिपरेका सबैको समानुपातिक तर उच्च सम्मान गरौँ |😂🤣😇
unjust laws
abrupt criminalization
retrospective criminalization
criminalization of civil wrong and civil matters
mismatch of degree of criminality with quantum of penalty
over discretionary power
disregard to natural justice
ignoring conflict of interest
no appeal in general
गनीगनी point to point बताउने gunpoint बुद्धिजीवी, जसले दातव्य दियो उसको एजेण्डा बोकाउने बोकाहा बुद्धिजीवी,आफूले पछ्याए बाहेकका वाद् विचारलाई शुन्यसरह मान्ने शुन्यमार्गी बुद्धिजीवी,आफ्नो जरोकिलो उखेल्न अन्तैको हाजिरामा काम गर्ने हाजिरे बुद्धिजीवीको उच्च मूल्याँकन गरौँ|😂🤣😇
विदेश जाँदा जसका घरमा बस्यो वा जसले घुमफिर गरायो, जसले आतेजाते खातेपिते ब्यबस्था मिलायो,जसले यतै फ्लेक्सदेखि खामसम्मको जोहो गरिदियो, जसले उनै महान शब्द, तिनै सदाबहार नारादेखि एकल सत्य र बहुल परघृणाका टुलकिट र खर्चको मेसो मिलायो उसको दवाव, प्रभाव,सुझावको उच्च मूल्याँकन गरौँ|😂😇🤣
शब्दकोअगाडी वैज्ञानिक जोडेर,कोराअनुमान भएपनि ढिपी गरेर, सुड़ो साइन्सलाई नै शुद्ध विज्ञानको हठ गरेर,सानो स्याम्पललाई विश्वव्यापी भनेर, टुलकिट दोहोराएर,ठुल्ठुला जार्गन प्रयोग गरेर,दुईचार कोट सुनाएर,किताबी पृष्ठभूमिमा फोटो खिचेर वैज्ञानिक चेत फैलाउने सबैको उच्च सम्मान गरौँ|😂🤣😇
मैले जे सोचेको छु,जे गर्न चाहन्छु,जुन वाद विचार पछ्याएको छु सकल संसार, सिङ्गो देश,ठुटेमुटे समाज र सम्पूर्ण मनुख्येले त्यसरी नै सोच्छन्, त्यही चाहन्छन् भने जस्तोगरी सबैको एकमुष्ठ वारेससरह बनी सबैका तर्फबाट एकद्वारे फरमान सुनाउन आउने प्रतिनिधित्व विशारदहरुको उच्च सम्मान गरौँ|😂🤣😇
आफू टेथिस सागरको अमिवाबाट बिकसित हुँदै हुँदै हुँदै जलबासीबाट जलस्थलबासी, स्थलबासी बन्दै उभयरुपी, पखेटाकारी , स्तनधारीबाट फड्को मार्दै बाँदर गोरिल्ला बन्दै अरुभन्दा थप बुद्धिजीवी अझ चेतनशील बनी सबलाई सधै सबै कुरा सिकाउदै निर्णय सुनाउने ल्याकत राख्ने सबैको उच्च सम्मान गरौँ|😂🤣😇
कतै न कतै छिर्के नहानी चित्त शान्त नहुने,कोही कसैलाई नबोकी काँध फुर्तिलो नहुने, कोही न कोहीलाई गाली नगरी औडाहा नघट्ने, केही न केही ज्ञान नपेली मन हलुङ्गो नहुने, कसै न कसैप्रति निर्णयकर्मी नबनी चेत नफुर्ने मार्गसापेक्ष वा पथउन्मुखी सबैको उच्च र समानुपातिक सम्मान सम्मान गरौँ|😂🤣😇
परियोजनाको आवश्यकता पहिचान,प्राथमिकता निर्धारण,सम्भावता अध्ययन,नापनक्शा,निर्माण कम्पनी चयन, परामर्श , मूल निर्माण , निरीक्षण, जाँचपास र हस्तान्तरणलाई सोलोडोलो गरी धेरैभन्दा धेरै बिगो र मूल कर्ता र एक दुई बैठकमा भाग लिने सबैलाई समानुपातिक दावी लिने कार्यको उच्च सम्मान गरौँ|😂🤣😇
Making of an unjust law is always dangerous. An unjust law is pushed in a hurry, primarily drafted by outsider or insider vested interest groups, experts silenced by numbers , historical and contemporary facts mostly ignored, lacks due process but often claimed as panacea.😂🤣😇