सहकारी ठगी प्रकरणसम्म त रबि लामिछानेप्रतिको छानबिन र मुद्धा दायर गरेको कुरा मनासिब नै होला। तर संपत्ति सुद्धिकरणको मुद्धा दायर गर्नुभन्दा पहिले ओलीको बालकोट दरबार कसरी निर्माण भयो, दाहाल परिवारको अकुत संपत्ति कसरी आर्जन भयो र देउवा खलकको राजकीय वैभवको श्रोत के हो भन्ने बारेमा पनि खोजी हुनुपर्यो।
बरु रबि लामिछानेको संपत्ति त राजनीतिमा आउनुभन्दा अघि गरिएको 'ठगी'बाट मात्र आर्जित हो। ओली, दाहाल र देउवाको त राज्यदोहन, पदीय दुरुपयोग र द्रोही विचौलियाको माध्यमबाट आर्जित महाभ्रष्टीकरणमार्फत प्राप्त भएको हो। सजाँय पनि अपराध अनुसार गरौं।
सबैको सम्पत्ति छानबिन गर्नुपर्छ ! रवीको मात्रै किन ? बर्तमान तथा भुतपूर्व प्रधानमन्त्री, पूर्व न्यायधीश, पूर्व राष्ट्रपति, पूर्व मन्त्री र साम्सद, पूर्व मेयर र वडाध्यक्ष, पूर्व प्रहरी, पूर्व सेना, पूर्व पत्रकार, पूर्व कर्मचारीहरु सबैको सम्पत्ति छानबिन गर्नु पर्छ ! जय छानबिन !