बाबुआमाको ठूलो चाहाना थियो छोरालाइ SLC पास गराउने
छोराको त्यो भन्दापनि ठूलो सपना थियो परिवारलाइ सधै खुसी राखने
त्यसैले त छोरो आज सम्मपनि खाडिमा छ
केवल आमाकोसपना
अन्तत:प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।आआफ्न��� दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है!
मदन भण्डारीसँगै ज्यान गुमाएका जीवराज आश्रितकी पत्नीलाई कसैले कुनै प्रश्न उठाएको छ ?
छैन नि ।
उनीविरूद्ध कसैले नारा लगाएको छ ?
छैन नि ।
त्यसैले विद्या भण्डारीविरूद्ध लागेका नारा 'बिधवा महिला'माथि लागेका नारा हैनन् ।
उहाँले गरेको कर्मप्रति, उहाँको भूमिकाप्रति लागेका नारा हुन्
"संवैधानिक आयोगमा नियुक्ति विरुद्धको मुद्दा टुङ्गो नलाग्दै रास्ट्रपति निवासमा शपथ"
राष्ट्रपति र प्रधानमन्त्रीको हामिले जे गरेनी हुन्छ भन्ने जुन अहंकार छ त्यसको पतन अब जरुरी भैसक्यो !
ए शासक ! तिमी आफ्नो धरातल बिर्सिएर उडिरहेका छौं। तिम्रो भ्रमको पंख अवश्य काटिनेछ ।
सर्वोच्च अदालतमा मुद्धा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो।यो निन्दनीय छ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिदै थियो,ठिक त्यही बेला उनले "नागरीक अभिनन्दन" खादै देशभरीका शक्तिपिठ धाउदै गरेको खुब याद आयो खड्ग प्र. शर्मा ओलीले शक्तिपिठ धा���को देखेर।
उनको दिनगन्ति सुरू भयो अब। कागजी तानाशाह ढल्न समय लाग्दैन।
कम्युनिस्टहरूको देखाउने र चपाउने दाँत अलग अलग हुन्छन् भन्थे हो रहेछ ! कुनै बेला कार्ल मार्क्सलाई भगवान भन्ने अनि माता मुनको होली वाइन पिउने ओलीले भोटको लागि पशुपतिमा पूजा लगाउँदै धर्म��ो राजनीति गर्न लागेछन !
ओलीले प्रचन्डलाई लगाएका आरोप एमाले र माओवादी एकता पहिलाका घटना हुन !
यी सब कुरा पहिला नै थाहा थियो त किन एकता गरियो?
सत्ताकै लागि जे पनि गर्ने ओलीमा भन्दा केही राजनीतिक चेतना दाहालमा छ बरु !
"बहुमतकाे सरकारले विघटन गर्न किन नपाउने?"
इजलास प्रमुख श्रीमान् चाेलेन्द्र शमशेर जबराकाे याे बाेलीमा घरीघरी अाेली बाेलेजस्ताे लाग्छ त! गडबडी मेरा कानकाे हाे कि दालमा कुछ कालाे छ,मान्यवर?
नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युज���ा सुधीर चौधरीलाई वालुवाटारमा अन्तरवार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा 'भारतले दावी गर्नुपर्छ' भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रमं केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो।
संबिधानको धारा ७७(१)"ग"बमोजिम केपी अोली प्र.म.पदबाट मुक्त भैसके। सोही धाराको उपधारा ३बमोजिम उनी काम चलाउ प्र.म.हुन्। काम चलाउ प्र.म.ले मन्त्री परिषद विस्तार गरेर पुर्णरुपमा निरङ्कुशताको बाटो समाएका छन्। लोकतान्त्रिक संसदीय पद्धति नै धरापमा परिसक्यो। लोकतन्त्रवादीहरुको चेत खुलोस्।
कोरोनाविरूद्धको खोप मोडेर्ना,फाइजर लगायत कम्पनी र रूस,चीन लगायत देशले परीक्षण/विकास गरिरहेको र इस्वी नयाॅ बर्ष संगसंगै बजारमा आइसक्ने चर्चा भैरहॅदा हाम्रो सरकार पहिले झैं ���ानमा तेल हालेर नसुतोस्!शुरूमा धनी देशले ओगट्ने हुॅदा गरीब देशलेWHOमार्फत लिने कि?मु..सक्यो दैलो देख्यो नहोस!
प्रतिपक्षी बलियो हुँदा संकी शासक फेर्न सकिन्छ भन्ने सन्देश अमेरिकाले दिएको छ।यो सन्देशलाई आत्मसात् गरेर नेपाली कांग्रेसले जनतालाई साचो अर्थमा लोकतन्त्रको प्रत्याभूति गराउन अहिलेको बेथितिबाट देशलाई निकास दिन सक्छ? यदि सक्दैन भने कांग्रेसलाई जनताले किन पत्याइदिने?@bishwaprakash77
प्र.म.ले निम्तो नगरे सम्म गोयल त ट्रम्प पनि बालुवाटार छिर्न मिल्दैन । पार्टी भित्रको आन्तरिक द्वन्द्वमा ओलीजी एक्लिदै गए पछि सत्ता जोगाउन रअसँग आशीर्वाद लिन उनले गोयललाई बालुवाटारमा रातो कार्पेट ओछ्याइदिएको हुन सक्छ । नत्र अरु कुनै कारण छ ?