नेपालको संसद दिवस र अन्तर्राष्ट्रिय संसद दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा लोकतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक जनसङ्घर्ष तथा जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।
इस्लाम धर्मालम्बीहरुको पवित्र पर्व बकर इद (इद–उल–अजहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
#NarayanDahal#NationalAssembly
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। विश्वभरिका श्रमिकहरूले आफ्नो अधिकार, सम्मान र न्यायपूर्ण श्रम वातावरणका लागि गरेको सङ्घर्षको स्मरण गर्दै मनाइने यस दिवसले श्रमको सम्मान, समानता र सामाजिक न्यायको महत्वलाई उजागर गरेको छ।
विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै हुनु हाम्रो लागि गौरव हो। लुम्बिनी धार्मिक आस्थाको केन्द्र मात्र नभई विश्व शान्ति र मानवताको प्रतीकको रूपमा स्थापित भएको छ। यसको संरक्षण, प्रवर्द्धन र अन्तर्���ाष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउनु हामी सबैको साझा दायित्व हो।
IPU को १५२अौँ महासभाका क्रममा इस्तानबुलमा ग्रान्ड नेशनल एसेम्बली, टर्कीका महामहिम सभामुख Numan Kurtulmuş र प्रतिनिधि सभा अष्ट्रेलियाका महामहिम सभामुख Milton DICK) सँग शिष्टाचार भेटवार्ता भयो। भेटमा द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यका विषयमा कुरा भ��ो।
#NationalAssembly #nepal
IPU को १५२ अौँ महासभाका सन्दर्भमा इस्तानबुलमा चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका सदस्य तथा शिक्षा, विज्ञान, संस्कृति र जनस्वास्थ्य समितिका उपाध्यक्ष महामहिम Xuejun TIAN र काउन्सिल अफ रिप्रेरिजेन्टेटिभ, भुटानका महामहिम सभामुख Ahmed ALMUSALAM सँग भेट हुँदा निकै खुसी लागेको छ।
अन्तर व्यवस्थापिका संघ (IPU) को महासभाका क्रममा टर्कीको इस्तानबुलमा आयोजित असंलग्न आन्दोलन (NAM) संसदीय सञ्जालको पाँचौं सम्मेलनलाई सम्बोधन (भिडियो)
#NarayanDahal#Nepal#Nationalassembly https://t.co/DFSIl9bCA8
आज सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कठिन र चु��ौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा धन्यवाद दिएँ। उहाँ नेतृत्वको सरकारको कामले देशले निकास पाएको छ। फेरि पनि धन्यवाद प्रधानमन्त्रीज्यू!
२०८२ चैत ४, काठमाडौं
नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत महामहिम Zhang Maoming सँग आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। यहाँको कार्यकालमा नेपाल-चीन सम्बन्ध अझ घनिष्ट र उँचाइमा पुग्ने विश्वास लिएको छु। महामहिमको नेपाल बसाइँ सुखद रहोस्।
२०८२ चैत २, काठमाडौँ
#narayandahal
राष्ट्रिय सभाका नवनिर्वाचित माननीय सदस्यहरूलाई हार्दिक स्वागत तथा कार्यकाल सफलताको शुभकामनाका साथै आफ्नो कार्यावधि पूरा गर्नुहुने माननीय सदस्यहरूलाई आगामी जीवन थप सक्रिय, सिर्जनात्मक र रचनात्मक बनोस्, सुखद जीवनको शुभकामना व्यक्त गर्दछु।
#NarayanDahal#NationalAssembly#Parliament
कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका चिनियाँ राजदूत महामहिम @PRCAmbNepal सँग आज सिंहदरबारस्थित कार्यकक्षमा बिदाइ भेट भएको छ। नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन उहाँले खेल्नुभएक��� भूमिकाका लागि धन्यवाद!
Rt. Hon. Chairperson of the National Assembly, Mr. Narayan Prasad Dahal, arrived in Geneva to participate in the 151st IPU Assembly. Ambassador @RPDSUBEDI warmly welcomed him upon his arrival at Geneva International Airport today. @MofaNepal@rastriyasabha@IPUparliament
राष्ट्रिय किसान सञ्जाल, नेपाल र राष्ट्रिय कार्यान्वयन समित���द्वारा आयोजित प्रथम युवा किसान मञ्चः युवा किसान क्याम्प तथा कृषि ओलम्पिक कार्यक्रमलाई सम्बोधन।
२०८२ साउन ५, कीर्तिपुर, काठमाडौँ
#nachairperson #narayandahal #NationalAssembly
भिडियो लिङ्क- https://t.co/TdWlQRgvvW
संसद दिवस २०८२ को अवसरमा नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। लोकतन्त्र प्राप्तिका लागि भएका जनसङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।