Gorkha: A free screening of cervical cancer was provided at a health camp organized at Barpak of Sulikot rural municipality in Gorkha on Monday. Total 120 women underwent the screening of cervical cancer during the health camp. #cancer
म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । #hydro#Rahughat
सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको सङ्ख्या बढ्दै गएको छ । वनभित्र रहेका सिमसार, पोखरी, तालतलैया, नदी, खोलालगायत संरक्षणमा टेवा पुगेपछि अजिङ्गरको सङ्ख्या बढ्दै गएको संरक्षण कार्यमा संलग्नहरूले बताएका छन् । #python
व्यावसायिक रूपमा गरिने फलफूल खेतीका लागि प्रदान गरिने कर्जामा अबदेखि एक प्रतिशत मात्रै ‘साधारण कर्जा नोक्सानी’ को प्रबन्ध गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पाल्पा जिल्लाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो ।
जिल्लामा पछिल्लो समयमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या वृद्धि हुँदै गएको छ । यहाँको तिला गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या बढ्न थालेका हुन् ।
कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो ।
भारतको पुडुचेरी प्रदेशका सभामुख आर सेल्वमसहितको टोली मैत्रीपूर्ण भ्रमणका क्रममा सोमबार पोखरा आइपुगेको छ । गण्डकी प्रदेशसभाको निमन्त्रणमा आएको भ्रमणदलका सदस्यलाई सभामुख कृष्णप्रसाद धिताल लगायतले ढोका टोपी र माला लगाएर प्रदेशसभा परिसरमा स्वागत गर्नुभएको थियो ।
जल तथा मौसम विज्ञान विभागले आज कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । #weather
गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि सोमबार निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ । शिविरमा एक सय २० जना समुदायका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन् ।
भोजपुर: किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो । #chilly#Akabare#Bhojpur
काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज मंगलबार बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । #Melamchi
Nepal's Minister for Foreign Affairs Dr Arzu Rana Deuba has assured that justice will be ensured to Prakriti Lamsal, a Nepali student who died at KIIT University in Odisha, India. @Arzuranadeuba
चितवन: दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन् । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ ।
किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।
सङ्खुवासभा: भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । #hydro#nepal#road
पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका ५४ वर्षका भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्राकृतिक स्रोतअन्तर्गतको ‘रेडियो फ्रिक्वेन्सी’को ‘रोयल्टी’ बाँडफाँटमा थप स्पष्टता जरूरी रहेको बताउनुभएको छ । #Nepal#RadioFrequency