पार्टी जिम्वालको मौजा होईन,कस्ले बोल्न पाउँछ र कस्ले पाउँदैन भन्न।कम्जोर हुदा अधिकार -बलियो हुदा अराजकता ! जुनसुकै सत्ता न नेता -हिजो,आज र भोलीको सदाबहार सत्य यै हो।तर नेपालका बामपन्थी पार्टीहरु चै ठ्याक्कै 017-027 को हालतमा पुग्या छन,क्रसरोडमा उभिएको यात्री झै।
म अल्पमत बहुमतको क्याल्कुलेट यसरी नै गर्दै छु,प्रिय पत्रुकार मित्र।तिम्रो कलाको बयान शेष नागले त गर्न सक्दैन।बीरेन्द्रको बंनाशास हुदा नकावधारी देख्ने तिम्रा आँखा,ज्ञानेन्द्रले सत्ता लिदा सेनापतिलाई दिएको आदेश सुन्ने कान र साथीको हेल्मेट लाएर उस्कै सामु नया किनेको निर्लज्ज बयान!
“राजनीति कुनै एक व्यक्तिको निजी हठ, अहंकार र दम्भले चल्ने विषय होइन। यो लाखौँ मानिसका संघर्ष र सामूहिक क्रियाकलापबाट निर्मित र सञ्चालित हुन्छ। एउटा व्यक्तिले आफ्ना निर्णय थोपरेर जनचेतनाको प्रवाहलाई आफ्नो इच्छाअनुसार मोड्न सक्दैन।कसैले त्यस्तो दुस्साहस गरे पनि त्यो समय सक्किएको छ।
राजनितिक,सामाजिक क्षेत्रमा ब्यापक रुपमा जेलिएका अन्तरविरोध र चुनौतिलाई पराजित गर्ने बाटो धम्की,दमन र प्रश्नहरु माथिको ललल्कार होईन। ती खास ब्यक्तिका नीजी मामिला नै होईनन।हुन भन्ने लाग्छ भने -सम्मान गर्न सकिन्छ तर समाधान गर्न सकिदैन।राजनीति लाखौलाख मान्छेको सोच र क्रियाकलाप हो।
"केही भएको छैन भन्ने भाष्य खडा गरेर निराशाको आगो नझोसौं"रास्वपाका माननीयले भनेछन।हिजो त्यै चरम घृणावादको घोडामा सवार थियौ,आज काँठी खुस्केछ।गिरिजा देखि ओलीसम्मले केही गरेको मानेछौ-सुनेर खुसी लाग्यो।जो कसैले आफ्नो मत लाद्न कोसिस गर्छ,स्विकार्न वाध्य पार्न सक्दैन।पाँचै वर्ष कुरौला!
ज्ञात अज्ञात आवारा जनलाई शुभ साँझ।जडता आनन्दको कुरा हो -ज्यान र मष्तिष्क दुबैको शान्तिका लागि जडता अनिवार्य छ।सपना नदेख ,त्यो तिम्रो भयानक मृत्यु लिएर आउन पनि सक्छ।जब तिमी आस र त्रासमा बाँचेका छौ भने त्यो तिम्रो बुताको कुरै होईन।अनन्त क्षमता र अदम्य साहस आडम्बर होईन,सुन्दरता हो।
चियामा गफिदै जाँदा भेऊ पाइयो,भाईहरु नयाँ पाटीका रहेछन।उनकै रिदममा सोधे-पुरानाले 35 बर्ष पाए,पाच महिनामा तपाई अधैर्य किन? देश र लोकतन्त्र संकटमा पर्ने भएर,मैले भने।देश र लोकतन्त्र पार्टी र नेता भन्दा बढी जनताको बिषय हो बुझ्नु भो,गडबड गरे पुराना भन्दा झुर बनाई दिन्छौ।बदलिंदो भाष्य!
त्रेतायुगमै अनेक पर्व झेलेर आएको समाज हो।राजा राणा कालमा कति झेल्यो कति?तर शाशकको ईच्छा र आदेश मानेर चुप बसेन।र,अहिले लाखौं मान्छेको त्यो स्वतन्त्र भावधारा मौन बसेर रित्ता सिलिण्डर नदेखाए हुने लाग्दो हो।तर त्यो चुप बसेन र बस्दै बस्दैन-महाराज।यसर्थ कि सत्ता हस्तान्तरण निशर्त थिएन।
जनआस्थाका सम्पादक किशोर शेष्ठलाई सरकारले पक्रेछ।समाचार लेखे वापतको कानुनी उपचार पक्राउ हैन।प्रेस काउनसिल र अदालत जाने हो,शक्तिको प्रयोग हैन।त्यस्तो कुराले न उनी रोकिन्छन न त हतप्रभ हुन्छन।सक्छौ भने -स्वनियमन र गभिर क्षति पुगेको प्रमाणित भए जरिवना र क्षतिपुर्तिको कानुन ल्याऊ।
ब्यक्ति पुजक प्रिय नयाँ पुराना झोले महाझोले मित्रजन,नमस्कार।वर्षाऋतु भदौरे गाङगुडुङसंगै बिदा हुदैछ र केही समयमै घमाईलो शरदको पर्खाईमा हामी छौ।तर हेमन्तको आगमन कठोर पश्चिमी ठिहीसाथ प्रबेश गर्ने हल्ला ब्याप्त छ।आम मान्छेको समय,धैर्य र भाग्य यस्तै हो तर ठुलाहरुको हैन।के होला चमेली?
राप्रपाले पनि पानी उमाल्ने निर्णय गरेछ।अब कस्को टाउको माथि खन्याई दिने हो?खुईलिने गरी।आसेहरुले मुटुको चाल सन्लुलित राखेर पर्खी बस है।054 साल तिर कमलको फुल टिप्न हिलोमा पस्ने सिद्दान्त बनेको याद ताजा बन्यो ।शुभ सन्ध्या सबैलाई!
खासै चासोको कुरो त परेन प्रदेश सरकारो कुरो। तर बजारमा होहल्ला भए झै राप्रपासँको सत्ता सहकार्यले राजनीतिक मर्यादाको सिमा नाघेर जाने कुरा पक्का हो भने चै पहिलाकै चमाले र त्यसपछिका खराब सार्वजनिक आलोचनाको शिकर हुने भो एमाले फेरि।गो गो डिटर्जेन पाउडरको खोजी फेरि हुने देखियो बजारमा।
क्यामेराका एङगल वा नेताका चेहरा फेरेर जनताका समस्या समाधान हुने होईन। समाधान तव हुन्छ- जब नेताका सोच्ने र काम गर्ने ब्यबहारको समग्र दिमागी एङगल नै बदलिन्छ।नत्र फेरि बालेन नै कि अब रवि वा अझ TOB भनेर नयाँ पनि पुराना झै झाडीमा फसेका बाह्रसिंगा बन्छन।क्यारमबोर्डका गोटीहरु न हुन।
विपीका सन्तान पनि कोही राजावादी कोही फुटाउवादी भ एर निस्केछन।फुटाउनै छ भने झ्याप्प फुटाउ। गिरिजाबाबुलाई त तिरिमिरी पार्ने देउवाले गगनलाई ग्वाँ नबनाई के छोड्छन र?हिङ हालेको टालो देखाउदै देश डुलाउलान अब।तर देउवा नगले पनि दाल चै गल्दै गल्दैन।फाईनल कुरो हो-यो समय देउवाको होईन।
निर्मल पुर्जा सहित आधादर्जन शाहसी नेपाली हिम छोराहरु ब्रड पिकले नेपाल र विश्व पर्वतारोहण जगतलाई निराश बनाउदै खोस्यो।त्यो पीडाले विश्राम नलिदै नेपाली फुटवलमा कालो वादलले ढाक्दै निराशा थप्यो।निर्मलहरु प्रकृतिसँग हारे र खेलमा किरणहरु शासकीय अक्षमतासंग।श्रद्दान्जलि र सहानुभुति एकसाथ!
गएको भदौ २४ को ToB प्रायोजित आतङकवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरबाट तङरिनै सक्दैन।त्यो धतुरे झाडी फाँड्न त्यै जगमा सिरानी हालेर सुतेको यो सरकार तत्पर छ?दृष्य,अदृष्य प्रायोजक को थिए?दण्डहिनताको रक्षा स्वीकार्य छैन।नो ईफ,बट एण्ड अगेन।बोल सरकार एक फेर बोल!
कुवा र ईनार पुर्यौ पहिले,आगो लाग्यो अहिले।निभाउने काममा सरकार झुर सावित भए पनि देश सबैको साझा हो,नागरिक सद्भाव र विश्वास कायम गरौ।देशलाई संकट पर्दा,आधारातमा हापशिलो कराउदा,कसैले रुवाण्डा बनाउन खोज्दा,आगोमा पेट्रोल खन्याउन खोज्दा नेपाली मन र पनको बलियो एकता प्रदर्शन गरौ।