"सिँहदरबार जलाउँछु", "टुकुचामा गाड्छु" र "हतियार लिएर बालुवाटार छिर्छु"!
यी तिनै अभिव्यक्ति उस्तै प्राकृतिकै हैनन र? कि पहिला दुई सहि र तेस्रो अभिव्यक्ति गलत हुन?
तोकिएको समयमा आफ्नो महाधिवेशन सम्पन्न गर्न नसक्ने स्वाँठहरुले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई ५ दिनभित्र आफ्नो व्यवस्था आफैँ गर भनेर उर्दी जारी गर्छन।
विष्णु पौडेल पक्राउ परेछन। अब उनले घरमन्त्रीले जस्तो "राज्यको कमजोर प्रणाली"ले गर्दा गैर कानुनी कारोबार भएको भनेर उन्मुक्ति पाउन मिल्ने कि नमिल्ने? बाटो त बटुक सरकारले नै लगाएको छ त।
मन्त्री ठेकेदारको "खुट्टा बाँच्न" उक्साउने, त्यसको संसद "मेटाफोर" भन्दै बचाउ गर्ने, बटुकजीका भरौटे अख्तियारका पदाधिकारीलाई बोलाएरै अपहरण गर्ने, अर्थमन्त्री "तिमीहरुको फाइल खोल्नु नपरोस" भन्ने अभिव्यक्ति दिने।
सामाजिक लफङ्गाले देश "बनाउँदै" छन।
"खुट्टा भाँच्ने इन्टेन्सन होइन, काम गरोस् भन्ने हो!"
मानौँ प्रहरीले पनि हातमा भएको बन्दुक ताक्दै मान्छे थर्काउँदै हिँड्न थाले। अनि प्रश्न गर्दा "गोलि हान्ने इन्टेन्सन होइन, मान्छेले अपराध नगरुन भन्ने हो" भन्दा कस्तो सुनिएला?
एकजना रास्वपा नेतृ शेर बहादुर देउवाको जम्बो क्याबिनेटको मन्त्रीकी पुत्री,सरकारी प्रवक्ता खड्गप्रसादको नियुक्ति नै खाएका पिताका पुत्र, "खुट्टाभाँच्ने" मन्त्री एमाले नेत्रीका पुत्र। फेरि यिनिहरु नै भन्दैछन, "३५ वर्ष किन केही भएन?"
साथीहरू, यो प्रश्न सुरुमा आफ्नै बाआमालाई सोध्नु ल!
सत्ताका दुई प्रकारका भक्त हुन्छन: हनुमान र गणेश।
हनुमानले एकोहोरो सत्ताको भक्तिभजन गाएर बस्छन। गणेशअलिक बाठा हुन्छन। महादेव र पार्वती वरिपरि घुमेर ब्रह्माण्ड नै घुमे भनेर गणेशले बरदान पाएको कथा जस्तै उनीहरु सत्ताको मन्त्र जप्दै सत्ता वरिपरि घुमिरहन्छन र आषिश प्राप्त गर्छन।
शासक जब प्रश्नको घेरामा पर्न थाल्छ र उसँग उत्तर हुदैन उसले उट्पट्याङ काम गर्छ ता कि आम नागरिकको ध्यान खास मुद्दामा नगएर उसको उट्पट्याङ हर्कतमा जाओस।
सत्ताको वरिपरि घुम्ने बुद्धिजीवीहरु उसको उट्पट्याङ हर्कतलाई सहि ठहर्याउन अनेकन व्याख्या र विश्लेषण गर्न सुरु गर्छन।
बटुक महाराज "अचम्म" पर्नु भएको रहेछ।
हिजोदेखि नेपालले भारतको सिमाना मिचेको प्रमाण खोज्नेहरु र "औसत नेपालीले नबुझ्ने कुटनीति गरेको" भन्नेहरुको मेहेनत त पुरै खेर गएछ त।
सरकार प्रमुखले सदनमा उत्तर नदिने कुनै खेतालो लगाउने।
प्रतिपक्षीहरुले सदन बहिष्कार गरे कसो होला?
हुन त प्रतिपक्षीहरु अलिक गतिला र रचनात्मक भएका भए सदनमा औंलामा गन्न सकिने भएर किन पो बसिरहेका हुन्थे होला र!
प्रधानमन्त्री सदनमा उपस्थित हुँदैन, सार्वजनिक रूपमा देखा पर्दैन, मिडिया फेस गर्दैन, दोहोर संवादमा आउँदैन, अध्यादेश र फेसबूकबाट मुलुक चलाउन खोज्छ।
बटुकसत्ताको चरीत्र यस्तै होला!!!