म रिसाएँ,
तिमी पनि रिसायौ,
अब फकाउछ कसले ?
मै चुप,
तिमी चुप,
मौनता हटाउछ कसले ?
घमण्ड छ,
अली कती तिमीमा,
आफुलाई हराउछ कसले ?
न झुक्ने जिद मेरो,
तिमी पनि कँहा कम,
महानता देखाउछ कसले ?
दुरी बडे,
साथ छुटे,
पछुताउछ कसले ?
पछुतो छ,
सायद तिमीलाई पनि,
पहिला हात बडाउछ कसले?