"म त तपाईँलाई पहिलो: कवि, दोस्रो पत्रकार, तेस्रो परोपकारी अभियन्ता र राजनीति त चौथोमा देख्छु। भयो के भने राजनीतिले तपाईँको बाँकी तीन व्यक्तित्व पाखा पार्यो।"
@NabarajLamsal
गणतन्त्रले:
चरम भ्रष्टाचार दियो। यति भ्रष्टाचार दियो कि मन्दिर बनाउने कर्म गर्दादेखि लास जलाउने दाउरा किन्दासम्म भ्रष्टाचार गर्ने समाज दियो।
तर भ्रष्टाचारभन्दा पनि खतरनाक 'अराजकता' दियो, जसको परिणाम गणतन्त्रवादीहरू 'ट्वां' परेर हेर्न वाध्य छन्।
#विचारभन्दामाथिदेश,
"मध्यवामपन्थी राजनीतिले गाँजेको देशमा विद्यमान एउटा मात्र मध्य दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टी सकिने कि सुध्रिने अन्तिम दोसाँधमा उभिएको छ।"
@RabindraMishra
Thanks a lot for your kind words, @KavitaSherchan Jee. The translation I have been using for #विचारभन्दामाथिदेश is #NationAboveNotion.
Hope to meet for coffee when you visit Kathmandu next time. That will also be an opportunity for me to tell you how big a fan I am of your father -- the great Bhupi Sherchan -- and his poetry.
प्रेस विज्ञप्ति:
दलीय राजनीतिबाट तत्कालका लागि विदा
मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचि-विचारी लिँदैछु।
देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु।
विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु। सो परिप्रेक्ष्यमा मैले निम्न दुई निर्णय लिएको छु:
१) आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु।
२) राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु।
गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन।
तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन।
यी यावत वर्षहरूमा यो कठिन यात्रामा साथ र सहयोग गर्नुहुने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरूप्रति जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुन्छ।
निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई वधाई तथा शुभकामना दिन चाहन्छु। 'प्रचण्डपथ'मा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् -- त्यत्ति कामना गर्दछु।
तपाईंहरू सबैको जय होस्, पृथ्वीपथको जय होस्, नेपालको जय होस्! धेरै-धेरै धन्यवाद!
स–स्नेह
रवीन्द्र मिश्र
मिति: २३ फागुन २०८२
'संघीयता, जातीयता र क्षेत्रीयताको नाममा हाम्रो भावनाहरू खण्डिकृतहुँदैजाने हो भने भावी पुस्ताको जिन्दगी ध्वस्त हुनेछ।'
@RabindraMishra
रवीन्द्र मिश्रलाई जिताउँ
चुनाव चिन्ह: हलो
#VoteForHalo
अहिले विहानको #चियागफ का केही दृष्यहरू।
आज साँझको #चियागफ को स्थानका लागि 9851183271 मा सम्पर्क गर्न आग्रह गर्दछु।
#विचारभन्दामाथिदेश, चुनाव चिन्ह: हलो।
कविताको शिर्षक: भ्रमको सुन्दर जालो
उम्लीएको रगत आवेग सौम्य हुँदैन
भत्किएको समयको संवेग शान्त हुँदैन
आऊ, अर्को भूकम्प आउनुअगावै सम्झौता गरौं
भ्रमको सुन्दर जालोमा कसैको भविष्य हुँदैन।
@RabindraMishra#माथिकोआदेशछ