त्यो “जय चन्द्र सुर्य” भन्ने पाइलट सरले अहिलेसम्म “किन हाम्रो रष्ट्रध्वजाको नेपाल वायुसेवा प्रयोग नगरेर कतार एयर्लाइन्स प्रयोग गरेको” भनेको सुन्न पाइएको छैन😜
पोहोर सालको ठ्याक्कै यही 'जेन-जी' आन्दोलनको समयमा एउटा पानी बाड्ने केटो भन्दै थियो- 'यो राजनीति भनेको के हो यार म त केही बुझ्दैन।'
एक बर्षपछि आज त्यही केटो भन्दैछ- 'पुराना दललाई राजनीति हामी सिकाउँछौं, हामीलाई सिकाउने होइन।' हो, नेपाललाई यस्तै चाँडै सिक्ने विद्यार्थी चाहिएको छ। र, जन्मने बित्तिकै दाह्री जुगां भएको 'हेण्सम बच्चा' चाहिएको छ।
त्यो छाडा बोलेर, मुख छाडेर,गाली गरेर नाम कमाएको, दाम कमाएको "चिल पिल" पोडकास्टको "प्रस्तोता" लाइ पनि त्यो वाडी पिडितको भिडियोमा गाली गालौच गरेको मन परेनछ, यसो मनमा बिचार आयो सायद गाली गलौच पनि आ आफ्नो कानको जालीलाइ सुहाउने हुनुपर्दो रहेछ नत्र मन घोच्ने रहेछ .......🙏
हाम्रो प्रधानमन्त्रीलाइ लाग्छ "नेपाली सबैले फेसबुक चलाउछन, पढ्न जान्दछन" सायद त्यहि भएर होला फेसबुकमा पोस्ट गरेपछि आफ्नो कुरो पुर्याए भन्ने मौसुफलाई लाग्छ, हुन त "जेन जी सरकार" का जनता पुर्ण साक्षर, सामाजिक संजाल दक्ष नै हुनुपर्छ भन्ने मापदण्ड पनि होला 🙏
"देउवाको जयजयकार", यो बालेन सरकारको ४ महिने नालायकिपनको नतिजा हो, जनतालाई यो सरकारप्रति आश कम हुँदैछ, जनता यिनीहरुको नौटंकी देखि आजित भैसके, Bob Marley को गीत जस्तै "You can fool people sometimes but you can't fool all the people all the time" क्षितिजमा मध्यावधि चुनाव पो देख्दछु
हेटौडा कपडा कारखाना, बिराटनगर जुट मिल फेरी सन्चालनमा ल्याउने भनेर फलाक्ने र वाहवाही गर्ने देखेर रिस पनि उठ्यो, हास पनि, क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले भनेको कुरा याद आयो “Nostalgia is not a strategy”, अतितका यादहरु सम्झना दिलाएर राष्ट्र्वाद बेच्ने यो पुरानो खेल हो …..
बालेनले बल्ल चेस्मा खोले, बल्ल थाहा भयो जस्तो छ घामचेस्मा(Sunglasses) किन भनिएको हो ??? ब्रो आफु "ब्रान्ड" बन्ने चक्करमा सुत्दा पनि Sunglasses लगाइदिने 🤣😂🤣 #balen
संचार मिडिया ले "बालेन र रबि" बनाए अब यिनीहरुले संचार मिडिया लाइ बनाउला जस्तो छन्...... ख्याल रहोस लोकतन्त्र यस्तो "स्वतन्त्र व्यबस्था" हो जस्ले लोकतन्त्र आफैलाई सिध्याउने स्वतन्त्रता प्रदान गर्छ 🙏#BananaRepublic#Dictatorships
नया "चिज/गोल्डस्टार" वाला झोलेहरुले "मौसुफ" को वचन सत्य सावित गर्न "नेपालले मिचेको जमिन खोज्दै" भन्ने समाचार छ्याप छ्याप्ती आयो त, के यो सत्य हो ?? 😜 #दियोकेटोले
आज बेलायती अर्थ मन्त्रीले "बालबालिकालाई निशुल्क बस यात्रा को घोषणा सदनमार्फत नजनाएर टिक टक मा जानकारी किन गराको भनेर उप सभामुखले फटकार लगाइन अर्थ मन्त्रीलाई, हामी भने फेसबुकमा पोस्ट गरेको छदैछ नी, किन सदनमा बोल्नु पर्यो ? भनेर उफ्रेको उफ्रेकै छौ ......
🚨 WATCH: Rachel Reeves is told off by the Deputy Speaker for announcing free bus fares for 5-15 year olds on TikTok before Parliament
"MPs should be the first to know what the Government is doing, not TikTok"
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal@ShahBalen@hamrorabi@dolprasadaryal@thapagk@hark_sampang
एउटाको घर आगो लाग्दा पानी हाल्न उर्लने हाम्रो समाज अर्काको घर जलाएको देखेर नाच्ने भएको छ, कसैको घर भत्किदा टेको लगाउन तत्पर हुने हाम्रो समाज, घर भत्काउदा खुच्चिङ्ग गर्ने भएको छ !!! धन्यवाद @basantabasnet ..... Keep going !!!
उनी सावधानीकासाथ हरेक धर्का, हरेक रंगका रंग मिलाउदै एक डेढ घण्टा लगाई शृंगार गर्छिन लाग्छ आज कतै कुनै बिषेश कार्यक्रमका लागि तयार हुँदै छिन। फगत केहि समयमा जिउ ढाक्ने लगाएको लुगा खोल्न थाल्छिन, लगभग अर्धननग्न हुन्छिन र फोन लिएर टिकटक को लाइभमा "ट्याप ट्याप गाइच" भन्न सुरु गर्छिन