ए साथी ए नेता दाई
सडकमा कालो झण्डा र कालो ब्यानर बोकेर बस्नु भाको रैछ
थोरै ल अलि कति बाटो छोडिदिनु बाटो जाम भयो।
अनि आफ्नै सरकारलाई थर्काईदिन्छु भत्काईदिन्छु भन्ने रैछ तपाईको कुरो
उ त्या पर कालापानी तिर गएर गर्दिनु न के थाहा
उताको सरकार नै डराई हाल्छ कि।
जनताको खुन पसिना लुटेर ९० लाखको ब्रान्डी खानेको दासत्व स्वीकारेर
दुई चार सयको गाँजा खानेको आलोचना नगरेकै राम्रो ।
पुरानो मैलो सिरकको खोल फेरेर सिरक नौलो हुँदैन ।धोई पखालि गरे अलि अलि सफा होला
मनमा गलत हो भन्ने था हुँदा हुँदै बोल्न नसक्ने
लाश र दास हरुको आफ्नै पिडा फेरी छुट्टै