आज सबेरै उठेँ ,मन धेरै नै प्रफुल्ल भए जस्तो अनुभुति भयो । आज मन खुशि छ अझ भन्दा मन पुरै सात्विक भएको छ । उनै इश्वरमा रहेछ सारा शक्ति । सम्झिदा मात्रै पनि मन कति आनन्दित हुने । धन्य हे अस्तित्व ।।।
कहिले काहिँ मन चङ्गा भएर उड्छ ,यस्तो लाग्छ कोहि त छ मलाई निस्वार्थ प्रेम गर्ने । उ मात्र होइन म पनि त गर्छु । सायद प्रेम यति मिठो हुने भएर होला जो कोहिले यसको झल्को पनि पाउन सक्दैनन् ।