कुशासन, भ्रष्टाचार र कानून कार्यान्वयनमा ढिलाई जस्ता कारणले आज आम नेपाली जनताले संविधान र कानून बमोजिम प्राप्त हक अधिकारको पूर्ण रूपमा उपभोग गर्न पाएको अवस्था छैन । न त हिजो थियो न त आज । गजबको देश नेपाल !
सहकारी समस्यामा सरकार किन मौन ? अझ सम्म प्रभावकारी काम भएन । जनता सामु गर्नु भएको वाचा कहिले पुरा गर्ने ? फरार संचालकलाई कानूनको दायरामा कगिले ल्याउने ??
यो देशमाः पैसा तिरेर पनि नेट राम्रो आउंदैन । सरकारी कार्यालयमा एउटा सामान्य काम पनि दिन भरि लाग्छ । अदालतमा अझै सुधारको संकेत देखिन्दैन । बजार झन मगंगो छ । नेपाली सीमाहरू सार्दैछ । सहकारीको समस्या जुंका तुं छ । राम राम राम !
हिन्दी संगीतकी स्वर सम्रागी आशा भोसलेले नेपाली गीतमा पनि आफ्नो स्वर दिनु भई नेपालीको मन मुटुमा बस्न सफल हुनु भएको छ । वहंको स्वर र संगीतसंगै म हुर्किन्दै यहां सम्म आएको छु । वहांको स्वर र संगीतको जादुइय चमत्कार कहिल्य विर्सन सकिन्न ! आशा भोसले प्रति हार्दिक श्रद्धान्जली !
भारतका सांसद राघव चढ्ढाले जस्तै हालका नेपाली युवा सांसदले संसदमा आम जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने विषयहरू अध्ययन मनन गरेर राखोस् भनि सुझाव दिन चाहन्छु !
नव नयुक्त प्रधानमंत्री श्री बालेन शाहलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ! नेपालमा सुशासन, विकाश, शान्ती सुरक्षा, स्वास्थ्य, शिक्षा र कृषीमा आमुल परिवर्तन हुने विश्वासमा दृढ विश्वस्त छु !
बंगलादेशबाट नेपाल प्रवेश गर्दै गरेका रोहिंगाहरूको बारेमा सरकार मौन देखिंदा नेपालको अवस्था र स्थिती के रहेछ ! स्पष्ट भयो । हामी जनतालाई मात्र सास्ती हुने भयो !!
विर गोर्खालीले आर्जेको यो मुलुकको झण्डा फ्याल्ने, देशलाई विभाजन गर्नु पर्छ भन्ने, संघियता खारेज भयो भने देशै रहंदैन भन्ने जस्ता अभिव्यक्ति दिनेलाई कडा भन्दा कडा कारवाही गरियोस् । जसले जे भने हामी चुप लागेरै बस्ने त ? आजको यो गम्भीर प्रश्नको उत्तर को संग छ ??
सार्वजनिक पदमा बसेर जनतालाई रेसपोन्स नगर्ने, पावर सेन्टर, दलालको कुरा सुन्ने, जवाफदेहिता निर्वाहा नगर्नेको हालत प्रहरीमा भएको अहिलेको निष्पक्ष प्रमोशनको जस्तो हुन्छ । जनतालाई गोली हान्ने आदेश दिने र अहिले प्रमोशन भएन भनेर रोईकराई गर्ने कहांसम्म उचित हुन्छ र महाशय ?