सहिदहरुले जीवन बलिदान गरे ; आज हामी स्वाधीन राष्ट्रका स्वतन्त्र नागरिक छौँ। हाम्रा नेता/ नेतृत्वहरुले राष्ट्रको नवनिर्माण र पुनःनिर्माणमा योगदान गर्नुपर्छ।
देश गफले बदलिदैन।
पराजय रबि लामिछानेको कि उनलाई राजनीतिको सिँढी चढाएर गृह प्रशासनको नेतृत्वमा पुर्याउने हाम्रा कमजोर राज्य संयन्त्रका मालिक नेतृत्वको?
आफ्नो जय खोज्दै देशको अस्तित्व तवाह गर्न पटकपटक उद्दत अहंकारी नेताको?
सार्वजनिक पद धारण गरेकी बिमला वलीले नगर्नु हर्कत गरेकी छन् ; जुन निन्दनीय हर्कत हो। यति भनिरहँदा उनका प्रेमी भनिएका एकराज चाहिँ दुधले धोएका निस्पाट चरित्र भएका पत्नी भक्त पुरुष हुन् ?
पितृसत्तात्मक सोंचबाट प्रेरित समाज किन यति साह्रै एकोहोरो बिमलामाथी मात्र खनिएको ?
दर्जनौं नेता, लाखौं कार्यकर्ता र समर्थखरुको समर्थनमा बनेको नेकपा एमालेको वैभवलाई मुठ्ठीभर चाटुकार र अदूरदर्शी नेतृत्वले तवाह गरेको छ।
एमाले जोगाउनकै लागेका घनश्याम भुसालहरु कार्वाहीमा पर्नु नेपालको कम्युनिस्ट आन्दोलनको शवयात्राको तयारी हो।