YouTube Music:
“Pay us to remove the ads.”
Open-source developers:
“lol no”
So we built it.
✓ No ads
✓ Background playback
✓ No Premium
✓ Portable Windows app
✓ 100% open source
Free forever. Link in replies.
I thought the GTA 6 beta was complete bs. Went to the store today, clicked "Play Beta", and the installer actually started downloading. No tricks. Link in replies. 👇
I thought the GTA 6 beta was complete bs. Went to the store today, clicked "Play Beta", and the installer actually started downloading. No tricks. Link in replies. 👇
श्रीलंकाको सडक देख्दा लाग्यो—काश हाम्रो देश पनि यस्तै सुन्दर र व्यवस्थित हुन्थ्यो।भर्खरैको उथलपुथलबाट उठेको देशको प्रगति प्रेरणादायी छ। श्रद्वेय दाई भीष्मराज ज्युको कुरा सुनेर मन भारी भयो र आँखा रसाए।राजनीति गर्नेमा यत्तिको ज्ञान र क्षमत्ता नभए त सासंद किन बन्ने त नया जोगीहरु ?
गणतन्त्र दिवसको शुभकामना !
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्र्थापनाका लागि भएका ऐतिहासिक जन—आन्दोलनहरूमा देशका असंख्य वीर सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गर्नुभएको छ । आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति गणतन्त्र दिवसको यस पावन अवसरमा म उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारद्वारा संविधानसभाको निर्वाचन सम्पन्न भयो । तत्पश्चात् वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो । यही ऐतिहासिक उपलब्धिको स्मरणमा हामी हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।
नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ । नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा, गणतन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत् र सामुहिक रूपमा जवाफदेही हुन्छन।बैठकमा उपस्थित हुने नहुने, जवाफ दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभै संवैधानिक वाध्यता हो।सरकारको नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनु पर्छ।
फल लागेको वृक्ष जति झुक्छ, त्यति नै महान मानिन्छ, तर आजका केही सत्तासीनहरूमा न लाज देखिन्छ, न सुशासनको चेतना। जनताको विश्वासलाई शक्तिको दम्भले होइन, विनम्रता, नैतिकता र उत्तरदायित्वले सम्मान गर्नुपर्छ। शासन भनेको शासन गर्ने अधिकार मात्र होइन, जनताको पीडा बुझ्ने कर्तव्य पनि हो ।