भारतका महान उद्योगपति र दानवीर व्यक्तित्व रतन टाटा ज्युको निधनको खबरले अत्यन्त मर्माहत भएको छु। उहाँले भारत मात्र होइन, विश्वभर आफ्नो योगदानले प्रेरणा दिएका छन्। उहाँको सामाजिक उत्तरदायित्व र परोपकारको भावना सधैं हाम्रो मनमा जीवित रहनेछ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली।"
कुनै व्यक्तिले अपराध, अनियमितता र भ्रष्टाचार गर्छन भने उनीहरुलाई दण्डित गर्ने पुलिस, प्रशासन र अदालत छन तर सरकारले नै अपराध, अनियमितता र भ्रष्टाचार गर्छन भने न्यायका लागि सर्वसाधारण कहाँ जाने ???? सन्दर्भ :: देशमा देखिएका विभिन्न काण्ड
अन्तर्राष्ट्रिय विश्वकप क्रीकेट प्रतियोगिताको सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउदै भारत फाईनलमा प्रवेश गरेको छ । #congratutionsIndia cricket team
देशको सबै पार्टीमा त व्यापारी, दलाल, तस्कर तथा ठेकेदारका कब्जा छन । चुनावमा जुनसुकै दलले जितोस्, सत्ता बेइमानकै हातमा रहन्छ?? यो देशमा परिवर्तन भाषण, भनाईमै सिमित रहन्छन । हामी नेपाली देशलाई सिंगापुर बनेको सपनामै देख्छौं । तर सपनाबाट ब्युझिएपछी मन खिन्न हुन्छ ??
एक समय थियो भारतबाट नेपालमा बसाई सरेर आउथ्यो।अब नेपालका भारत तेस्रो मुलुकमा बसाइँसराइ गर्न बाध्य छन।देशको अवस्था यस्तै रहयो भने यहाँ नेता,कर्मचारी कार्यकर्ता र बुढापाखा बाँकी मात्र रहन्छ।देश रितिन्छ,एक समय यस्तो आउछ,प्रजा विना राजाको के काम ??भविष्यमा शासन पनि विदेशीले नै गर्छन ।
मलाई दसैंमा दुर्गा माताको पुजा र व्रतको नाममा १० दिनसम्म भोकै पेट बस्नु पर्दैन । मैले सबै दुर्गालाई सधैं आदर र सम्मान गर्छु, दसैंमा भोकै पेट बस्ने तर त्यही दुर्गालाई घर, कार्यलय, कारखाना, खेत, सडक र एक्कलो एकान्तमा हेरेपछि शोषण र विभेद गर्ने पुजारीको कमि छैन हाम्रो समाजमा ??
खसी र दुल्हा दुवैमा एउटा समानता भन्नैपर्छ ?? दुवैलाई मालिकले पालनपोषण गरेर बिक्री गर्छन ।
खसी अबोध, निरीह र बोल्न नसक्ने प्राणी जनावर भएका कारण बेचरा खसी त प्रतिकार गर्न सक्दैन तर हामी मानव चेतनशील प्राणी भएर पनि यसलाई प्रतिकार गर्न नसक्नु कति मुर्खता र बिडम्बना छ, हजुर ??