जिन्दगीमा आफू केहि चिजबाट अघि बढ्नु छ या त्यो चिजलाई भुलाउनु छ भने अरुलाई प्रयोग गर्नु चाहिँ किन???? त्यो चिज भन्न पनि त सकिन्छ होईन र?? किन, हामी त्यो चिजबाट बाहिर निकाल्न असमर्थ छौँ र?? किन मान्छेले हामीलाई यति तलको सोच्छन??
मलाई फेरि बन्नुछ
त्यही अञ्जान प्रेमी।
सडकमा, गल्लीमा
बाटोमा, चोकमा
रल्लिँदै~ हल्लिँदै
लुक्दै~ देखिँदै
कसैको पिछा गरिरहेको
कसैको बाटो कुरिरहेको
हेरिरहेको कसैको सुन्दर आकृति
टाढा~बाट
मधुर, धुमिल।
मलाई पुग्नुछ फेरि त्यही वसन्तमा
जहाँ
बिल्कुलै शान्त थियो प्रेमको मौसम।
• विस्मय ☺️
कुनै दिन,
तिमीलाई पनि
फुर्सद मिल्ने छ होला,
त्यो दिन,
तिमीले सोच्नु प्रिय!
चाहेर नपाएको अनि
पाएर पनि गुमाएका सम्बन्धहरू
तिम्रो खातामा कति भेट्टीन्छन्,
तिम्रो स्मरणमा,
कहिल्यै पनि नपरेको,
एकनाम भेट्ने छौ,
हो त्यहि नाम म हुनेछु,
तिमीले छाडिदिएको-भुलिदिएको,
पहिचान बोकेर पर्खिबसेको💔
आखिर आशा गरिन्छ चाहिँ किन?? आशा गरिन्छ भन्दा पनि आशा देखाउछन् किन? जबि कि..........!!!!
जिन्दगी यस्तै त रहेछ है?😊 तर आफ्नो भागमा परेको जिन्दगी बाँच्नु छ मलाई😪😊😊