के मा अल्मलिएँ खै
सपनाबाट बिउँझिएझैँ
बिउँझिएँ
र होस पाएँ।
हतार पो थियो त!
हतारिएरै हिँडेथेँ
तर छुटिसकेछन्
केही स्टेसनहरु
केही गल्लीहरु
केही रात
केही दिन
बेला छइन्जेल त
बेला बितेको पत्तो पनि हुँदैन
अबेला भयो अब..
घिस्याउँदै छु
एक भारी सपना
र
यो मौनतामा अल्झिरहेको
एउटा जीवन।
😊