"बुढाले देश बनाएनन्, अब युवालाई नेतृत्व दिनुपर्छ" भन्ने मुख्य एजेन्डा बोकेर निर्वाचन जितेको सरकारले नेपाल एयरलाइन्सको नेतृत्व भने करिब ८० वर्ष उमेरका व्यक्तिलाई जिम्मा दिएको छ।
देशमा योग्य युवा कोही भेटिएनन् कि ? युवालाई नेतृत्व दिने प्रतिबद्धता केवल निर्वाचनको नारामै सीमित थियो?
आफ्नो पार्टीको महाधिबेशनमा आफ्नै पार्टीको निर्बाचन आयोगले मतदान गराउछ भन्ने सामान्य ज्ञान सम्म नराख्ने मानिस देशको कानुन बनाउने सांसद ! धादिङ्गका जनता महान हुन् ! क्या खतरा माननीय बनाएछन ! अब त देश बन्छ बन्छ !
एमाले २८ लाख मतबाट १४ लाखमा झर्दासमेत नेतृत्व परिवर्तनको प्रश्न नै उठ्दैन भन्नु आत्मविश्वास होइन, दम्भ हो। पटक–पटक प्रधानमन्त्री बनिसक्दा पनि नेतृत्व छोड्न नचाहने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँदैछ। विपक्षीले होइन, यही अहंकारले एमालेलाई समाप्त पार्नेछ। #UML#NepalPolitics
रास्वपाले केही सांसद चै रंगीला नै पाएछ।कोही सडकमा पिटी खेल्ने,कोही खुट्टा भाँच्ने,कोही चलिरहेको गाडीमा फिल्म सुटिङकै स्टायलमा भिडिओ बनाउने-त्यति मज्जा त फिफा वर्ल्डकपमा ब्राजिलीयन समर्थकहरुले साम्बा डान्सबाट पनि लिन सक्दैनन होला।
अनेक ऐतिहासिक कारणहरुले एउटा नयाँ द्वन्द हुने नै देखियो।अनेक सस्ता अर्थहिन र कथित महापुरुष जन्माउने उदेश्यहरु नै त्यो द्वन्दका वीज बन्नेछन।र,उनीहरुका प्रत्येक क्रिययकलाप उनीहरुकै चाहना मुताविक सन्चालन हुन संभब छैन।ईतिहास त्यसै गरी बन्दै र भत्कदै आएको छ।
"मेरो हिँड्ने बाटोमा यति धेरै काँडा पनि नछरिदिनुहोस्। के थाहा, भोलि तपाईं स्वयं त्यही बाटो हुँदै मलाई भेट्न आउनुपर्ने अवस्था पनि आउन सक्छ कि?"
— भिष्मराज आङ्देम्बे ।
फेरि एउटा राजनीतिक भुकम्प उन्मुख छ देश ।उहि कुरा वीपी र केपीका सत्ता गुमे जस्तै भाग तीनले घण्टी पनि जाने जस्तै छ।पार्टीहरु तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहदा फेरि पनि तिनीहरु उल्टो गतिका निरिह साक्षी हुने छन,जसरी 059 देखि 082 सम्म भईरहे।
रूपान्तरणको बहसलाई डाइभर्ट गर्न जिम्मेवारी वितरणको फन्दा निकालिएको छ।अझै सचिने सोच छैन। अध्यक्ष र महासचिव दुवै पद जोगाउन , रूपान्तरणको एजेन्डालाई ओझेल पार्न प्रयासरत छन्। ओली बा र शंकर पोखरेलको बहिर्गमन बिना न त रूपान्तरण सम्भव छ, न त जनतामा गुमेको विश्वास पुनःस्थापित हुन सक्छ।
जस्ले अकारण अरु माथि दम्भ,अहम,उन्माद,प्रतिशोध,आग्रह,पुर्वाग्रह राखेर बैधानिक शक्तिको चरम दुरुपयोग गर्दै अन्यायपुर्ण युद्द थोपर्छ त्यो युद्द- अन्तत दिग्विजयको भ्रम(क्षणिक जित,पराजय वा सम्झौता) मार्फत उसैले अन्त्य गर्न बाध्य हुनै पर्छ।
ओलीले संसद विघटन गर्दा चोलेन्द्र विघटनलाई सदर गर्न चाहन्थे।सपना विपक्षमा उभिइन् र विघटनको विपक्षमा फैसला गराईन।तिनै सपनालाई वर्तमान सत्ताले प्रधानन्यायाधीश बनाउन अस्वीकार गर्यो।कुनै व्यक्ति कुनै समय कुनै संस्था वा व्यक्तिसँग नजिक थियो भन्दै वर्तमानसँग जोड्नु कति न्यायोचित हो?
लज्जास्पद हार पछि कार्यकारी महासचिवले नैतिकता देखाएर पद त्याग गर्नु त कता कता,उल्टै नेपालमा भारतमा जस्तो हुँदैन भनेर आदर्श छाड्दै हुनुहुन्छ।नैतिकता शून्य हुनेले उपदेश दिन सुहाउँदैन।तपाईंको राजीनामा बिना सुधार सम्भव छैन।तपाईं इतिहासकै असफल महासचिवहो,पार्टीलाई बन्दक नबनाउनुहोस।
पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई ?गर्ने हो भने केन्द्र र पालिका मात्र होस।राष्ट्रिय सभा 105सिट,पुरै समावेसी महिला पुरुष50%-50%उपराष्ट्रपति नै सभाध्यक्ष हुने ब्यबस्था होस।प्रतिनीधिसभा समानुपातिक सिट खारेज,महिला पुरुष 40%-60% प्रत्यक्ष।जिसस पर्दैन।