From Kathmandu to Hollywood
Nepali: Selfie King | Prakash | Pujaar
Sarki | Mahabhoj
Hindi: Unchai | The Casino
T-Series: Music Video
South: Jack | Tyson Naidu
Hollywood: Fracture
Stories don’t need borders. I just
build them.
सायद जिन्दगी यस्तै रहेछ,
हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र !
कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ,
अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️🩹
मैले तिमीप्रतिको प्रेमलाई नै
आफ्नो सम्पूर्ण जीवन बनाएको छु,
तिम्रा हरेक खुसीलाई
मैले आफ्नो हाँसो बनाएको छु।
अब यस हृदयमा
एउटै मात्र इच्छा छ:
तिमीलाई नै
आफ्नो अन्तिम गन्तव्य बनाउने।
#प्रियमनहरु❤️🙏 #शुभ_रात्रि
कहिल्यै सोचेको नै थिइनँ,
जिन्दगीले यसरी अनपेक्षित मोड लिनेछ भनेर।
जसलाई आफ्नो ठानेको थिएँ,
उसै सँग एकदिन अपरिचित झैँ हुनु पर्नेछ भनेर।
जुन पलहरू कहिल्यै नबिर्सिने लाग्थ्यो,
ती नै एकदिन सम्झनामा सीमित हुनेछन् भनेर।
सायद जिन्दगी यस्तै रहेछ,
हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र !
कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ,
अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️🩹
~रज्जित ✍
#म_अनि_मेरो_भावना
#चोकतिर🌝
पूर्णिमाको उज्यालो यो साँझले
छिपिदै गरेको रातलाई
बिदाइका हात
हल्लाउँदा पूर्णताका किरणहरु
झोलिभरी कसेर पठाइएका
मुस्कानका कोसेलीहरु
म ओल्टाई पल्टाई हेर्दै छु
सुगन्धित ती उपहारले
चोक नै सुगन्धित हुँदै छ
त्यसै पनि चोकको नामै मधु चोक
#हजुर_चोकको_नाउँ?🤭
#न्यानो_अभिवादन🙏
कलियुग भनेको १४ माथी ५० बर्ष मूनिका योग्य,क्षमतावान,
जोँस जाँगर भएका भएका ब्यक्तिहरूको मृत्यु रहेछ जस्तो लाग्न थाल्यो मलाईत 🤔
अनेक प्रकारका सर्ने नसर्नेरोग, सवारी दुर्घटनामा ज्यान गुमाउने यहि उमेर समुह बढि देखिनु,के लाग्छ हजुरहरूलाई??
शुभसन्ध्या🙏🌷🪔❤️
कहिलेकाहीँ लाग्छ, जिन्दगी धेरै बदलिसकेछ।
पहिले सानो कुरामै मन खुसी हुन्थ्यो,
एउटा मिठो मुस्कान, थोरै समय,
आफ्ना मान्छे सँगको सानो भेटघाट नै काफी थियो।
तर आजभोलि खुसी हुन पनि
ठूलै कारण र विशेष अवसर चाहिन थालेछ।
सायद जिन्दगीको दौडमा
यति धेरै अगाडि बढ्न खोज्यौँ कि,
पछाडि छुटेका ती साना-साना खुसीहरूलाई
फर्केर हेर्नै भुल्यौँ।
अचम्म त यो छ,
सबै कुरा पाउने चाहनामा
हामीसँग जे थियो, त्यसैमा खुसी हुन बिर्सियौँ। ❤️🩹
~रज्जित ✍
#म_अनि_मेरो_भावना
माया धेरै गर्छु भन्छौ
बिहे गर्न सक्दिनँ रे
मुटु तिम्रै हो भन्छौ
जिन्दगी दिन सक्दिनँ रे !
धत: एस्तो पनि मायाँ ?
अरे साहेब
चाहना हुनुपर्छ नि
बहाना होइन
माया साँचो हुनुपर्छ नि
फसाना होइन।
तिम्रै नाममा धड्किने यो मुटु
अब कसलाई देखाऊँ
तिमीले अधुरो बनाएको सपना
कसरी पूरा बनाऊँ🥲🥰🙏
सरकारी तथा गैरसरकारी कार्यालयहरूका प्रमुख प्रशासक /प्रवन्धक निर्देशकज्युहरू मेरो एउटा अनुरोध 🙏✍️
आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीहरूको मनको अवस्था कस्तो छ कहिलै जाँच गर्नुभएको छ?? अनुहार नियाल्नुभएको छत कहिलेकाहीँ??ऊ पहिलेजस्तो छकि छैन हेर्नुभएको छैन परिवर्तन आएको छकि??
बिहानी एउटा ऐना हो। यसले संसार के हो भनेर नभई, तिमी यसमा के लिएर आउँछौ भन्ने प्रतिबिम्बित गर्छ। तिमी आफ्नै बिहानीको वास्तुकार हौ। आज केही
अर्थपूर्ण निर्माण गर।
#शुभप्रभात🙏☕️🌻