वर्तमान सरकार त "छाेई डुम" पाे खेल्दैछ त। भ्रष्टाचार हटाउला, सुशासन कायम गर्ला , स्वदेशमै राेजगारी सिर्जना गर्ला, विदेशिनु पर्ने बाध्यता हट्ला, देशमा ओेेैद्याेगिकीकरणमार्फत स्वदेशी उत्पादन प्राेत्साहन गर्ला भनी अपेक्षा गरेकाे त खाली माछा समात्ने र फुत्काउने खेल मात्रै! के गरेकाे
अन्त के हुन्छ थाहा छैन तर नेपालमा नारीको नेतृत्वमा पुरुष टिक्न सक्ने अवस्था नबन्ने रहेछ। यो कुनै पुरुष प्रधान सोचको उपज होइन। जति सम्मानपूर्वक पुरुषले नारीलाई स्वीकार्न सक्छन् नारीले पुरुषलाई नसक्ने रहेछन् चाहे त्यो सरकार सञ्चालन होस् , कार्यालय होस् वा घर नै किन नहोस्।
Well drafted content of PM Balendra Shah in the UN General Assembly. The speech has drawn the global attention for the time being. But it could be better not to have sponsored applause of the only Nepali delegates.
२०८२ भदौ २२ र २३ मा काँग्रेस, एमाले र माओवादीका अत्याचार कुशासनविरुद्ध जेन जी विद्राेह भयो । त्यतिबेलाका आदर्श बालेनलाई अभूतपूर्व बहुमतसहित सत्ता दिलायाे । तर दुई साता बितिसक्दा पनि भाेटेकाेशी त्रिशुलीका बाढीपीडितले काेषमा थुप्रिएकाे राहतसमेत पाएका छैनन् । हात्ती आयो फुस्सा !?
अरुण सुवेदीको कुरा सुन्दा धेरै घत लाग्यो। आजकाल विद्यार्थीलाई कसले पढाउँदैछ? पाठ्यक्रम बनेको छ। tiktok पाठ्यपुस्तक भनेको छ। र समग्र सोसल मिडिया शिक्षक बनेको छ।
बल्ल बुझे-हाम्रा विद्यार्थीलाई कक्षामा किन भेटिँदैन भनेर?
भदौ १० बिहान ८:३५ तिर तिब्बतकाे हिमपहिराेले नदीकाे कृतिम ताल बनाएकाे ताल फुटेर आएकाे लेन्देखाेला -भाटेकाेसी- त्रिशूलीकाे आकस्मिक बाढीबाट रसुवा, नुवाकोट र धादिङमा अकल्पनीय क्षति पुगेको छ। हजारौंको ज्यान गएको हुनसक्छ । खरबाैँका पूर्वाधार ध्वस्त भएका छन् । देश फेरि पछाडि धकेलिएको छ
रास्वपा सरकारले देशलाई अपराधमय, युवालाई विक्षिप्त, विद्यार्थीलाई अनुशासनहीन, जनतालाई सास्ती, सांसदलाई अराजक र प्रधानमन्त्रीलाई गैरजिम्मेवार बनाइरहेको छ। समाजलाई पछाडि धकेलेर भताभुङ्ग पारिरहेको छ। ओली-देउवा-प्रचण्डकाे अत्याचारबाट उन्मुक्ति खाेज्दा गलत सत्ता बनेछ। अब के हाेला?
देउवा काँग्रेसले गगन काँग्रेसलाई जति क्षति गर्नु थियाे गरिसक्यो । चुनावमा गगन पक्षका उम्मेदवारलाई हराउन टुपीदेखिकाे बल लगाएकै हाे । त्यसैले पुनः वृद्ध समूहलाई पार्टीमा भित्र्याउन आवश्यक छैन। रास्वपा र न्यायालय प्रयाेग गरी काँग्रेस धुलाे पार्ने षड्यन्त्रकाे अन्त्य भएकै राम्रो ।
रास्वपा नाम मात्रै नयाँ हाे । सांसद र कार्यकर्ताहरू सबै काँग्रेस-एमाले- माओवादीलगायत पार्टीका असन्तुष्ट र अवसरवादी समावेश छन्। त्यसैले घण्टीकाले घण्टी नसुनेका हुन् । पार्टी नयाँ पारा पुरानै ।
मलाई शेरबहादुर देउवाका हङकङबाट फर्केपछिका अभिव्यक्तिहरू किन किन अस्वभाविक र अप्रत्यासित लाग्न थालेका छन।"ज्ञानेन्द्रले त सकेन अरुले सक्छ यहाँ..." या म हिन्दु हुँ हिन्दु हुँ हिन्दु हुँ...। उनी प्राय मौन बस्थे। थोरै बोल्थे। सम्झौताहरूको इमान्दारीपूर्वक पालना गर्थे। आज किन उत्ताउला?
नेपाली काँग्रेसका पूराना ठगहरू जाे शेरबहादुर देउवाकाे वरिपरि बसी चाकडी गरेर फाइदा लिए। उनीहरू "जेष्ठ नागरिक काँग्रेस" बनाउन लागि परिरहेका छन् ! रास्वपा बिचमा खेलेर र अदालतलाई प्रभावित पारेर काँग्रेस फुटाउन लागेको आराेप लागेको छ। के हाेला त काँग्रेसमा अब?
"ज्ञानेन्द्रले त सकेन, अरुले सक्छ यहाँ..." २०८३ भदौ २८ गते विदेशबाट फर्केपछि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बार्दलीबाट झाेक्किदै दिएकाे अभिव्यक्ति तपाईंलाई कस्तो लाग्यो !?