विष भनी दिन्छन्,मै पिइदिन्छु
औ मातै नलाग्ने जहर यहाँको
बास्सा भन्दा पनि एक्का सानो हो रे
सबैभन्दा ठूलो दहर यहाँको
हेर्दा सब सभ्य आफ्नै यो पारा
लुकी चण्डी नाच्ने लहर यहाँको
तिमी आउछु भन्यौ र म पर्खिरहे
अफसोच ! भत्कदैछ डहर यहाँको!!
नीति बिर्सिएको शहर यहाँको
यस्तै छ बेगम खबर यहाँको
उन्मत्त तन्ना मै फेर्छु भन्छ
के भन्नु र खै रहर यहाँको
उषा र निशा कुन बाँच्ने होला ?
छ धेरै कठिन प्रहर यहाँको
उज्यालो नदिने
तारा देखि दिक्क लाग्छ
प्रचारमा सिमित
नारा देखि दिक्क लाग्छ
सहमति भन्दा भन्दै
बादविवादमा ब्यस्त हुने
नेताको हावादारी
पारादेखि दिक्क लाग्छ
जताततै अस्तब्यस्त
महँगीले चिल्सीएको
काकाकुल काठमाडौंको
धारा देखि लाग्छ
सक्ताको होडबाजी
सक्तीको तछाड मछाड
देखि दिक्क लाग्छ