भोलि तपाईंलाई हाम्रो आवश्यकता परेमा भुलेर पनि नसम्झनुहोस् हिजो तपाईं हामीसँग जोडिनुभएकोले जस्तोसुकै परिस्थितिमा पनि काँध हालेका थियौँ, तर त्यो साथ सधैँ रहने ग्यारेन्टी हुँदैन पद, शक्ति र हैसियत क्षणिक हुन्; आज जे छ, भोलि नहुन पनि सक्छ । त्यसैले सम्बन्धको सम्मान गर्न सिक्नुपर्छ ।
सरकार, तिम्रो आयल निगम वास्तवमै “हायलकायल” निगम हो कि किनेको भन्दा महँगोमा बेच्दा पनि सधैं घाटा भन्दै बस्ने यो कस्तो व्यवस्थापन हो घाटाको बहाना बनाउँदै तेलको कुपन पहुँचवालालाई बाँड्ने काम किन जारी छ ?
बरु मूल्यमा स्पष्ट र तर्कसंगत सीमा तोकेर निजी क्षेत्रलाई जिम्मा दिँदा हुँदैन ?
बोलेरै गिनिज बुकमा नाम लेखिएको उदाहरणले देखाउँछ । भाषण गर्नु वा बोल्नु कुनै ठूलो कुरा होइन ।
कम्तीमा तीन महिना काम गरेर देखाऔँ, काम हेरौँ ।
यदि चित्त बुझ्यो भने, ‘स्याबास’ भन्न हामी तयार छौँ ।
- स्थायी प्रतिपक्ष