वल्लो पल्लो गाउँमा एकोहोरो शंख बजेको सुने
जोत्दाजोत्दैको गोरु रोक्थे
खन्दा खन्दैको बारी छोड्थे
आधा मेलो रोक्थे
समय फेरियो
महाविपत्तिमा परेका आफन्त खोजिरहेका छन्
भेटिएका लास राख्ने ठाउँ छैन
बगरभरी लाश छन् भनिन्छ
यस्तो बेला यो संवेदनाहिन तस्बिरले देशलाई गिज्याईरहेको छ। #Copied
जति काम गरिरहेकाे छ,
सकेजति गरिरहेकाे छ।
थाहा छैन याे भएन त्याे भएन भनेर भन्नेहरु त्याे ठाउँमा भएको भए के गर्थे कति गर्थे।
तर अहिले जसकाे जिम्मेवारी छ उसले सकेज्यानले गरिरहेको छ।
सुतिसुति याे गरेन त्याे भएन भन्न सजिलो छ।
न आफ्नो एउटा हेलिकप्टर, न सुरक्षाका उपकरण, न पर्याप्त स्राेत र बजेट। र पनि, विपत्तिका बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जहिल्यै अदम्य साहस बटुलेर नागरिकको जीवन जाेगाउन भूमिका खेलेका छन्। उच्च सम्मान🙏
आफूले गरेको सहयोग सामाजिक सञ्जालमा राख्ने कि नराख्ने भन्ने विषयमा वादविवाद भइरहेको देखिन्छ।
‘एक हातले दिएको अर्को हातले पनि थाहा नपाओस्’ भन्ने सोच राख्नुहुनेहरूले नराख्दा भयो। आफूले गरेको सहयोग देख्दा अरूलाई पनि सहयोग गर्न प्रेरणा मिल्छ जस्तो लाग्नेहरूले राख्दा भयो।
प्रीय प्रकृति तिमि अब रोकिनु पर्छ मेरो देश यसै त आपत विपदमा छ, आज मेरा मान्छेहरुले ज्यान गुमाइरहेका छन, उनीहरूको जिन्दगीभरको कमाइ सकिएको छ उनीहरूको मेहनत सकिएको छ उनीहरुलाई अब तिमीले नै जीवन दिनु पर्छ जीवनतर्फ उन्मुख गर्नुपर्छ त्यसैले प्रकृति तिमि अब रोकिए ।
सीमित स्रोत–साधनका बाबजुद विपद् उद्धारमा नेपाली सेनाले देखाएको क्षमता र कर्तव्यपरायणता गर्व गर्नलायक छ। उद्धार कार्यमा खटिएका सेनाका सम्पूर्ण अधिकृत तथा जवानहरूप्रति हार्दिक नमन!🙏
विपत्तको वेला राहत र सहुलियत पो दिनुपर्ने हो झन् ढाड सेक्ने बेला नै यही हो भन्नु त मानवीय र संस्थागत नैतिकता होइन है
#रसुवावाढीको चपेटामा #कम्पनीहरु भाडा बढाउँदै
कतिका आफन्त वेपत्ता छन् खवर विहिन छन् र कहाँदेखि उद्दार गर्न आउँदैछन
खै #मानवीयता
अत्यन्तै दुखद
धेरै मान मानवीय तथा भौतिक क्षति भएको छ ।
तिब्बतबाट एक्कासी आएको बाढीले रसुवा नुवाकोट धादिङ्ग लगाएत धेरै ठाउँमा ठुलो क्षति गरेको छ।
सबैले आआफ्नो ठाउँबाट सहयोग गरौं । सचेत बनौ
२०८३-०५-१०
#वाढी#त्रिशुली#क्षति