फर्कन मन छ
बिगतको कुनै कालखण्डमा
अनि
हेर्न मन छ जीवनको नखरा l
आरोह अवरोह
बाटो मोडिएका गल्लीहरु
ठेस लागेका भिरालाहरु
जहाँ
सुस्ताउन मन छ
अनिँदै बिताएका रातहरुमा
बिस्तारै
सुम्सुम्याउँदै सपनीमा सिरानी l
फर्कन मन छ
अतितको कुनै बेमौसमी दिनमा
अनि सोध्न मन छ-
~मेरो समय! तँ सञ्चै छस् ? ☺️