चुनाव हुन पनि सक्छ नहुन पनि सक्छ ।
नहुन सक्ने मुख्य कारण ��ध्येको एक हो जाँचबुझ आयोग जसले अबको १० दिन भित्र आफ्नो छानबिनको प्रतिवेदन निकाल्छ । त्यसमा के.पि. ओलीको कमी कमजोरी र अत्याचारको पर्दाफास हुन्छ तर त्यो कुरा एमालेले स्वीकारदैन पक्कै पनि ।
देशलाई चाहिएको कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हो, जसले स्थिरता र निर्णय क्षमतामा स्पष्टता ल्याओस्। तर, अहिलेको सरकारले त्यो ऐतिहासिक कदम चाल्न मिल्दैन । जनताले दिएको बलिदानलाई व्यर्थ जान नदिई, परिवर्तनतर्फ देशलाई मोड्ने वातावरण निर्माण गर्नु आजको सबभन्दा ठूलो जिम्मेवारी हो l
नेपालको सडक आन्दोलनले फेरि एकपटक जनताको असन्तोष र आक्रोशलाई स्पष्ट रूपमा उजागर गरेको छ। आन्दोलन आफैंमा लोकतन्त्रको स्वाभाविक अभ्यास हो, तर यसको अन्तिम उद्देश्य भने निकास हो। निकास आन्दोलनभन्दा अझ ठूलो र स्थायी हुनुपर्छ।