Working as Governance, Election, Legislative and Political Consultant. Experience on Journalism & Theatre. Tweets are personal. Retweets are not endorsements.
सर्टलिस्टमा निष्पक्षताको मापक के हो र कसरी बन्छ? सर्टलिस्टिङको मापदण्ड सार्वजनिक हुन्छ कि हुँदैन? आवेदकहरूको छनोटको प्रक्रिया र आधार के हो?
***
के तपाईंले राजदूत बन्न दरखास्त हाल्नुभयो? https://t.co/w3SWmrgwr5
सम्पत्ति छानबिन आयोगको कार्यादेशले सरकारमाथि उठाएको प्रश्न– आफ्ना लागि मात्र उन्मुक्ति किन?
***
यस्तो व्यवस्थाले स्वयं प्रधानमन्त्री बालेन शाह लगायत मन्त्रिपरिषदका थुप्रै सदस्य र वर्तमान संसदका धेरै सांसदलाई सम्पत्ति छानबिनबाट उन्मुक्ति दिएको छ।
BY: @SharmaShova
https://t.co/CJvjOtAzYG
प्रतिपक्ष वा सत्तापक्ष दुबै तर्फका सांसदहरूलाई एकपटक सुनेकै आधारमा बजेट बुझ्नै पर्छ भन्ने हुदैन।
नबुझिकनै क्यामरा र बुम देखिने बित्तिकै सतही र हल्का प्रतिकृया नदिए हुने।
अलिकति गाली खाने काम गरूँ है?
संसद भवनको गाइजात्रे वास्तु(अ)कलाको कुरा गरेर।
आज संसदमा पनि आवाज त उठेछ तर अधिकांशलाई नयाँ संसद भवन क्या भव्य लागिरहेको होला, होइन? यो भवनको फोटो र भिडियो दुबै हेरेँ। भवन बनाउँदाका केही आधारभूत त्रुटी भनौँ है -- ता कि भविष्यमा यस्ता विशिष्ट भवन बनाउँदा यस्ता गल्ती नहोस्।
१। संसारका धेरै देशमा संसद भवन पर्यटकीय आकर्षणका केन्द्र हुन्छन्। त्यसैले ती पर्यटकहरू वरिपरी घुम्न मिल्ने ठाऊँमा बनाइन्छ। हामीकहाँ सिंहदरबारभित्र कोचेर बनाइयो, जहाँ पर्यटक जानै मिल्दैन।
२। संसद भवनलाई वास्तुकलाको विशिष्ट नमूनाका रूपमा पनि हेरिन्छ। त्यसैले त्यस्तो भवन बनाउँदा विश्वविख्यात वास्तुविद्हरूलाई भवन डिजाइन गर्न अनुरोध गरिन्छ। उदाहरण, छेऊछाऊकै छिमेकी बङ्गलादेश र पाकिस्तान छन्। त्यहाँका संसद भवनको डिजाइन विख्यात अमेरिकी वास्तुविद्हरूले गरेका थिए।
बङ्गलादेशको संसद भवन त अझ वास्तुकलाका दृष्टिले संसारका वास्तुकलाका धेरै विद्यार्थीहरूका लागि अध्ययनको एउटा विषय पनि हो।
३। काठमाडौंजस्तो हिन्दू र बौद्ध धर्मको समिश्रण-विन्दूका कारण संसारकै विशिष्ट वास्तुकलाले भरिएको शहरमा हामीले संसद भवन निर्माण गर्दा विशिष्ट वास्तुकला जन्माउने विशिष्ट अवसर त गुमायौँ नै। त्यसमा झन थप चित्त दुखेको कुरा आर्को छ।
४। संसदको मूल हल त्यति गाइजात्रे, कलाविहीन होला भनेर मैले कल्पना पनि गरेको थिइन। संसदको मूल हल कस्तो कलापूर्ण हुन्छ, त्यो हलले कसरी त्यो देशको कला-संस्कृतिलाई प्रतिविम्वित गर्छ भन्ने कुरा भवनका डिजाइनरहरूले गुगल गरेर खोजिमात्र गरीदिएको भए, त्यो हल सभागृह या प्रज्ञा प्रतिष्ठानको अलिकति परिष्कृत रूप हुने थिएन।
५। भविष्यमा यस्ता भवन निर्माण गर्ने विशेष अवसर प्राप्त हुँदा सुधार्नै नसकिने यस्ता ऐतिहासिक गल्ती नहोस् भन्नका लागि यो 'गाली खाने' सन्देश प्रेषित गरेको हुँ।
त्यसैभएर म बारम्बार भन्ने गर्छु: कलात्मक चेतबिनाको राजनीति काठमाडौं शहरजस्तो कुरूप कंक्रिटको जङ्गल हुन्छ। र त्यो संवेदना-विहिन पनि हुन्छ।
संविधान परिवर्तन गर्ने उत्साह र त्यसलाई सबैका लागि स्वीकार्य बनाउने संयमबीच सन्तुलन मिलाउन सके मात्र यो ऐतिहासिक प्रयास सफल हुनेछ।
***
के संविधान संशोधनको बाटो सहज छ? https://t.co/LZGPhi4MbE
श्रीमान् प्रधानन्यायाधीश मनोज शर्माजी
आफुभन्दा वरिष्ठ ३ न्यायाधीशलाई पन्छाएर प्रधानन्यायाधीश पदमा नियुक्त हुनु भएकोमा सबैभन्दा पहिले शुभकामना दिन चाहन्छु । म आशा गर्छु, आगामी दिनमा हामी सबै भन्न सकौँ-परम्परा तोडेर नेपालमा एक यस्तो मानिसलाई प्रधानन्यायाधीश बनाइयो, जो परम्परा र नियमित ट्र्याक तोडेर पनि प्रधानन्यायाधीश पदमा आसीन गराइन साँच्चिकै योग्य थियो ।
असाधारण तरिका र गतिमा उच्च जिम्मेवारी पाएकाहरूबाट, संविधानले र समाजले त्यतिकै धेरै असाधारण क्षमता, निष्पक्षता, निर्भयता र उदार समभावको अपेक्षा गर्छ ।
तपाईको कार्यकालको समापन हुने बेला आउदा, नेपालको न्यायीक इतिहासले तपाईंमाथी, नियुक्त हुनुअघिको समर्थन–विरोधका आधारमा फैसला नगरोस अपितु गौरव गर्न सकोस भन्ने हार्दिक कामना पनि गर्दछु ।
प्रसंगवश एउटा पूरानो प्रसंग सेयर गर्न चाहन्छु । आज तपाईं जुन आसनमा बस्दै हुनुहुन्छ, त्यहाँ 'केही' कस्ता कस्ता महान न्यायमुर्तिहरु पनि बिराजमान थिए भन्ने प्रेरणाका लागी ।
आज सम्झँदा पनि छक्क पर्छु— पञ्चायतकालको सर्वोच्च अदालतले राजद्रोह लागेको बीपी कोइरालालाई रिहाइको आदेश दिन सक्थ्यो ।
महान् संविधानविद एवं बीपी कोइरालको मुद्दामा पैरवी गरेका श्री गणेशराज शर्माका कालजयी वचन छन् - ‘त्यो शासक के शासक, जसले नियुक्त गरेका न्यायाधीशहरु - भय र प्रभावमा फैसला गररुन ! मलाई जति खुसी र गौरव बीपीको रिहाइमा छ, त्यतिकै गौरव राजाले नियुक्त गरेका ती केही इमानदार, सक्षम र निर्भय न्यायाधीशहरूमा पनि छ, जसले राजद्रोहको अभियोग लागेका अभियुक्तलाई रिहाइको आदेश दिए ।’
यति भनिसकेपछि के थप्नु पर्छ र !
तपाईको नेत्रित्वमा नेपालको सर्वोच्च अदालत र न्याय विश्वास क्षेत्र, सबैले आदर र विश्वास गर्न लायक संस्था बन्न सकोस , हार्दिक शुभकामना व्यक्त गर्छु । सादर,
विजय कुमार
यो तस्वीर नेपालको राज्य संरचनाको वर्तमान यथार्थको प्रतीक हो।
राष्ट्रको कार्यकारी, न्याय, सुरक्षा र संवैधानिक नेतृत्वका अधिकांश कुर्सीहरूमा पुरुषहरू मात्रै विराजमान छन्। समावेशी लोकतन्त्र परिकल्पनामा छ, व्यवहारमा छैन।
मेडिकल रेस्क्यूको रूपमा पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट आज भारतमा पहिलोपटक उडान भएको कुरा ठुलै खबर बन्यो।
दुवै युद्दरत मुलुक झै एउटा उडान हुदा पनि दंग पर्नु पर्ने छ।
भारतबाट एयर रूटको स्विकृति लिन सरकारले तु. ध्यान देवोस! @shisir@ShahBalen
https://t.co/5Q38JDAOJF
हिजो कान्तिपुरको @Bishnusapkota को ‘डिपार्चर’सँग तर्सेको परम्परावादी वृत्त” र आजको @Rajaramgautam को “प्रधानमन्त्री सामु निरिह रास्वपा” दुवै पढदा मजा आयो।
दुई जनाको दुईटा फरक पर्स्प्रेकटिभ, दुवै तर्कमा तुक छ।