BIG BREAKING: NEPAL QUALIFY FOR ASIA CUP 2027! 🇳🇵
Nepal defeated the UAE in the ACC Premier Cup final to secure their place in the 2027 Asia Cup in Bangladesh. Congratulations, Rhinos!
भारतको आठौँ विमान ३५ टन राहत तथा उद्धार सामग्रीसहित काठमाडौं आइपुगेको छ। सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ।
भारतको ८औँ IAF विमान ३५ टन राहत तथा उद्धार सामग्रीसहित काठमाडौंका लागि प्रस्थान गरेको छ। सामग्रीमा NDRF उपकरण, उद्धार सामग्री, फरेन्सिक सामग्री र सेना टोलीका आवश्यक सामग्री छन्।
Joint teams of India and Nepal continued their efforts today to manually clear the debris and mud inside Chilime tunnel.They have deployed HDPE pipes to ensure smooth movement inside the tunnel.
चिलिमे सुरुङ उद्धार अपडेट: भारतीय र नेपाली टोलीले सुरुङभित्रको लेदो र डेब्रिस हटाउने काम जारी राखेका छन्। सुरुङभित्र आवतजावत सहज बनाउन एचडीपीई पाइप प्रयोग गरिएको छ भने भारी उपकरण लैजान स्याफ्रुबेँसीदेखि सुरुङसम्म अस्थायी मार्ग निर्माण भइरहेको छ।
चिलिमे सुरुङ उद्धार अभियान अपडेट: कठिनाइका बाबजुद भारत र नेपालको संयुक्त टोलीले उद्धार कार्यमा निरन्तर प्रगति गरिरहेको छ। सुरुङभित्र टोली प्रवेशका लागि सुरक्षा डोरी जोड्ने काम सफल भएको छ भने नियन्त्रित ब्लास्टिङमार्फत सडक निर्माण पनि अघि बढाइएको छ।
कठिन भू–भाग, लेदो र डेब्रिसका बीच भारतीय र नेपाली टोलीले सुरुङभित्र खोजी कार्यलाई निरन्तरता दिएका छन्। स्याफ्रुबेँसीदेखि सुरुङसम्म डोरीमार्ग जोड्ने कामसँगै करिब ९५० मिटर अस्थायी सडकसमेत तयार गरिएको छ।
चिलिमे सुरुङमा भारतीय उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी राखेको छ। ठूलो परिमाणमा रहेको डेब्रिस, पानी र लेदोका बीच संयुक्त टोलीले काम गरिरहेको छ।
चिलिमे सुरुङमा भारतीय र नेपाली टोलीको उद्धार प्रयास जारी छ। सुरुङको पानी निकाल्दै अगाडि बढेको टोलीले स्थानीयका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ।
भारी उपकरण लैजान अस्थायी बाटो निर्माण भइरहेको छ।
मन्त्री महावीर पुनका अनुसार भारत सरकारले अहिलेसम्म ७ वटा सैन्य विमानमार्फत उद्धार सामग्री नेपाल पठाएको छ। उनले सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएका छन्।
भारतीय राजदूत नवीन श्रीवास्तवले चिलिमे पुगेको भारतीय प्राविधिक टोलीसँग भेट गरेका छन्। नेपाली सेनासँग सहकार्यमा टोलीले सुरुङभित्र १०० मिटर अगाडिसम्म खोजी गरेको छ।