भूतो न भविष्यति प्रकृतिको जेन-जी विद्रोहको तीन महिना पूरा हुँदा मानौं त्यो एउटा सामान्य दुःस्वप्न मात्र थियो र अब सबै अनन्त कालसम्म ठीकठाक हुन्छ जस्तो गरी सुस्ताउनु र आआफ्नो आंगनमा रमाउनु देश,जनता र सबैकोनिम्ति झन् घातक हुनसक्छ।
त्यो एउटा बर्षौंदेखि चुलिदैं गएको आन्तरिक अर्थ-राजनीतिक संकट र बाह्य भू-राजनीतिक दबाबबाट सिर्जित भयंकर बिष्फोटको पूर्वाभ्यास मात्र थियो र बेलैमा तिनको दिगो समाधान खोजिएन भने झन् विनासकारी परिदृश्य सिर्जना हुनसक्छ भन्ने कसैले नबिर्सौं!
नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, सुरक्षा,संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ।
घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन। वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो।
सबैले गम्भीर आत्म-समीक्षा गरौं! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन!
वैकल्पिक राजनीतिका अथक अभियन्ता, महिला तथा सीमान्तकृत समुदायका अग्रणी नेता तथा पार्टीका उपाध्यक्ष आदरणीय दुर्गा सोब ज्यू, नेसपा (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको 'संयोजक' सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई अनि सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।💐💐
'Protesters burnt my home, but I understand their anger. This is a new era in country's democracy' - Former Nepal PM Baburam Bhattarai @brb1954 tells Debdutta Chakraborty @debdutta_c
Watch #ThePrintUninterrupted
https://t.co/qBoA6N1LKM
नेतृत्वमा आजीवन टाँसिने प्रवृत्ति त्यागेर तत्कालै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ। अन्यथा नाति-नातिनाहरूले बाहिरबाट ढोका ढकढक्याइरहँदा चुकुल ठोकेर हठपूर्वक भित्र बसिरहने हजुरबा-हजुरआमाहरूलाई सबैले ‘रामराम’ भन्नु बाहेक के गर्न सकिन्छ र ?
#onlinekhabar #BABURAMBHATTRAI
https://t.co/jzQ1ST62y6
नेसपा (नयाँ शक्ति) बागमती प्रदेश समितिले 'प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली' सहित विविध माग राखेर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई ज्ञापनपत्र बुझाएको छ ।