सरकारी सार्वजनिक निकायहरूबाट हुने भ्रष्टाचारको निगरानी गर्ने, अनुसन्धान गर्ने निकायमा जानकारी गराउने र अनुसन्धान, अभियोजन र फैसलाको समेत खबरदारी गर्ने सञ्जाल।
शाशकले एक चिम्टी नुन सरकारी ढिकुटीबाट बेहिसाब निकाल्यो भने उसका कर्मचारीले सरकारी ढुकुटी कंगाल बनाउने छन्। त्यसैले मुलुकमा भएको भ्रष्टाचारको सम्पूर्ण जिम्मा उच्च राजनीतिक/प्रशासनिक नेतृत्वले लिनुपर्छ। सम्पूर्ण बेथितिको दोषी नेतृत्ववर्ग नै हो।
@MadhuRamanACH यहाँले सिंहदरबारभित्रै कुनै अमुक अमुक दलका संसदीय दलका चमेना गृह देख्नुभाछैन शायद! पाल टाँगेर चलाएका छन् वर्षौदेखि। खै के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ अवस्था छ।
थापाथली लगायत नदी, खोला, सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन आवश्यकता अनुसार डोजर, लाठ्ठी, अश्रुग्याँस र गोली चलाउन जरुरी देखियो। सुकुम्बासीको नाममा गाउँको घरखेत बाँझो राखेर ठूलो भाग खान शहर छिरेका अराजक झुण्डलाई हटाएर नदी, खोलाको पारिस्थितिकीय प्रणालीलाई पुनर्जीवन दिनैपर्छ।
@ManaviPaudel निर्वाचनले सधैँ नयाँ नेतृत्व चयन/निर्माण मात्रै गर्दैन। कहिलेकाहीँ पूरानै नेतृत्वलाई अद्यावधिक/अनुमोदन पनि गरिदिन सक्छ। तपाईं हामीले टाउको फुटाउनुको के अर्थ चुनिएर नेतृत्वमा पुगेसी ?
@brb1954 यी सबै अरूलाई गुमराहामा पार्ने सैद्धान्तिक र अमूर्त कुरा भए। त्यसका लागि के के गर्नुपर्ने भनेर ठोस कुरा लेख्नुस् त; छोरीले हारेपछि तपाईंको चेत खुले/नखुलेको हेरम्। आँट छ ?
यो अस्पताल फ्याकल्टी मेम्बरको विज्ञता, व्यवस्थापन चुस्तता र सेवाग्राहीप्रतिको जिम्मेवार व्यवहार समेतका आधारमा नेपालकै उत्कृष्ट अस्पताल/एकेडेमी हो। नमन यहाँहरू सबैप्रति।
गैरकाङ्ग्रेस, गैरकम्युनिस्ट, गैरराजावादी एक विशुद्ध सचेत नेपाली नागरिकको सुझाव: गगन @thapagk ले साम,दाम,दण्ड,भेदसमेतका सबै अस्त्र प्रयोग गरेर काङ्ग्रेस पाटीमा तुरुन्तै कब्जा जमाउनु निज स्वयं, काङ्ग्रेस पाटी र मुलुकको लागि समेत हितमा हुने देखियो। खुट्टा नकमाई समयमै अघि बढे राम्रो।