पहिला पहिला दशैं ताका गाउँ कहिले जाने भनेर सोध्थे।अहिले यसपाली बाटोको कारण दशैंमा गाउँ नजाने होला भनेर सोध्छन्।
पृथ्वीनारायण शाहको पालादेखी नै हाम्रो गाउँ भक्तपुर हो।त्यस बाहेक मेरो आफ्नो अर्को कुनै गाउँ छैन।🫣
#मुक्तक
💞💞💞
दुई तिहाईको सरकार, आशा धेरै गरे यहाँ
निकम्मा रैछन्, बाडीमा अनाहक मरे यहाँ
रसद पानी, घर,बाटो बिजुलि सबै बगायो
दुलामा थिए, बल्लपो टुप्लुक्क झरे यहाँ
💞💞💞
#अविरल#शुभदिनको_कामना ❤️❤️🙏🙏
दु;ख अनि सुख आफ्नाे-आफ्नाे भाग्यकाे कुरा हाे,
धनी र गरिब सँग यसकाे कुनै लेखाजाेखा हुँदैन,
काेहि रातैभरि महल मा पनि आँशु बगाउन बाध्य छ, त
अनि काेहि झुपडि मा पनि खुसि का साथ हाँसेर बसेकाे छ
तिम्रा तिनै नजरले हलचल बनाइदेऊ।
सक्छौ भने मलाई पागल बनाइदेऊ।
सानोतिनो विपदमा कोही डराउँदैनन्।
चट्याङ पार्न सक्ने बादल बनाइदेऊ।
तिम्रै नयनमा बस्ने साह्रै रहर छ मेरो!
बिन्ती छ अाखाकाे गाजल बनाइदेऊ।
तिम्रो नशा नशामा मेरो रगत बगोस् है!
माया गरेर दिलमा झल्मल बनाइदेऊ।
#मुक्तक
💞💞💞
के भनौ, मान्छेले जाने बुझेको बोल्ने हो
दिमागमा जे छ, त्यसकै पसल खोल्ने हो
कति फेरि हातमा सीप छैन, के पो गर्नु र
जानेको त्यही, नेताको चाकरी मोल्ने हो
💞💞💞
#अविरल#शुभविहानी☕️🌷😍🙏
#शुभदिनको_कामना❤️❤️🙏🙏
टिपी फूलमाला सजाएर राख्नु।
भरी तेल बाती जलाएर राख्नु।
म तिम्रो बनौला तिमी बन्नु मेरी
म भोकै छु खाना पकाएर राख्नु।
तिमी साथ हुदा घुमौली बगैचा
त्यहाँ फूलबारी लगाएर राख्नु।
नॅंदेखुन् कसैले नॅंफैलोस हल्ला
दिलै भित्रै माया छुपाएर राख्नु।
#शुभसंध्या_हजुर
😌🙏💞👌🇳🇵
मेरा केही सपनाहरू जाे सगरमाथा उचाई भन्दा
अग्लाे छन्।
साेचेर गर्व त धेरै नै लाग्छ नै तर खै पूरा नहाेला
कि भनेर डर पनि धेरै लाग्छ।
यसमा तिमीले साथ दिनबाट पछि हटेनाै भने
अवश्य उचाईमा पुग्ने छु ।
#डियर😘🙏💞
#शुभ_प्रभात☕️☕️
#शुभदिनकाे_कामना
😍🙏💞👌🇳🇵