आज मलाई म भएर बाँच्न मन लागेको छ
वेतालै भएनि रमाएर नाच्न मन लागेको छ
ढलाउने, लडाउने, रुवाउने धेरै छन् यहाँ
उनीहरु कै अघि मुर्छा परि हाँस्न मन लागेको छ!
#saigrace
"आमा खोई बुवा?" भनेर सोध्नलाई बाहेक हत्तपत्त छोराछोरी बुवासँग खासै बोल्दैन थिए। स्वभावैले कडक लाग्ने बुवाले आमा भन्दा कम माया गर्नु हुन्छ जस्तो लाग्थ्यो। केहि चाहिए आमा, पिकनिक जाने खर्च चाहिए आमा, घाउ लागे आमा! लाग्थ्यो आमासँग हुने पैसा सबै आफै उत्पति हुन्छ। ममताको गित पनि आमाकै गाईन्थ्यो। बाको लागी गित खासै लेखिएन। बासँग एक किसिमको डर लाग्थ्यो। कुटि पो हाल्छन् कि? "नाई-पर्दैन-किन गर्नु पर्यो" पो भन्छन् कि जस्तो लाग्थ्यो।
तर उमेर बढ्दै गएपछि महशुस हुन्छ 'उनले अनुभबको आधारमा नाई भन्न जानेका थिए। छोरोलाई दे भनेर आमालाई पैसा दिने बा हुन्थे, छोर-छोरीले कसैको हप्काई सहन नपरोस् भन्दै बाहिरी वचन खाई खाई खट्टिएका बा हुन्थे। देखाउन जान्दैनन् तर सन्तानको चोटमा झन् बढी रुने बा हुन्थे।'
बालाई बा रहँदै प्रेम गरौ, के ईच्छा लाग्या छ बा भनेर सोधौ!
#saigrace
आफ्नो शरिरलाई गरुङ्गो हुने भन्दा पनि मनलाई हलुङ्गो हुने गरी व्रत बस्नुहोला। आडभरोषा र माया दिन हामी छोरा मान्छेहरु पनि साथमै छौ।
हरितालिका तिजको शुभकामना ❤️
#saigrace#saigracestory#saigracefam
बाहिर हिँड्दा डर मान्न नपरोस्, अफिस जाँदा-अफिसमा हुँदा-अफिसबाट फर्कदा आमाबा लाई चिन्ता नहोस्।
कुनै पनि दिदि बहिनीलाई मन वचन र कर्मबाट कहिँ कतै हिंसा नहोस्, तिमीलाई अनेक प्रकारले सदा रक्षा गर्न सकुँ!
रक्षा बन्धनको शुभकामना दिदि बहिनीहरु!
जनै पूर्णिमाको शुभकामना दाजुभाईहरु!
#saigrace ∞
बङ्गलादेश मा युवाहरुद्वारा सत्ता ढाल्नु उदाहरिण कुरो हो तर सत्ता ढले लगतैको उदन्डता पक्कै सिक्न हुने कुरो भने होईन। क्रान्ती मात्र सफलता होईन, क्रान्तीपछिको सुसासन चाँहि सफलता हो।
Win like a soldier, celebrate like a gentleman. Don't ruin the glory !
#saigrace ∞
सँगै +२ मा पढ्दा पास हुन नसकेको मेरो साथी अहिले जिवनमा धेरै माथी छ र एकदम खुसी छ। सँगै +२ मा पास भएकाहरु पनि राम्रा ठाउँमा छन्। तसर्थ एउटा परिक्षाले जिवन निर्धारण गर्दैन। हारले झन् बलियो बनाउँछ र जितले अर्को खुड्किलो सजिलो बनाउँछ। ज्ञान लिनलाई पढने हो, सर्टिफिकेट लिनलाई होईन!
हार्दिक बधाई छ, +2 विद्यार्थीहरूलाई !
#saigrace ∞
शहर डुल्ने, तमासा हेर्ने अनि र खेलको मजा लिनेको घुँईचो थियो, बा को काँध चढि चढि आँखा तन्काउने बच्चाहरु थिए, प्रेमिकासँग आएका प्रेमीहरु थिए। त्यो ओलम्पिक खेलमा म पनि प्रतियोगी थिएँ। हजारौको भिडमा पनि एक्लो महशुस गर्ने प्रतियोगितामा मैले स्वर्ण लिएर आएँ!
#saigrace ∞ #Olympics #paris
लाउड स्पिकरमा बैनी बोल्दैथिन:
"हाम्ले त खाएम दाई खिर, तैले खाईस्?"
उता फोन सुन्दै भाँडा मस्काउँदै गरेकी आमा बोल्न लागिन्
"बिचरा कहाँबाट खान पाउनु त्यसले, धेर नजिस्का दाईलाई"
आमाको चिन्ता बुझेर यताबाट छोरो बोल्यो
'होईन आमा बसाल्याछु आज त मैले नि खिर, पख्नुस् है काजु किसमिस हालेर आउँछु'
हर्लिक्सको बट्टाबाट थोरै घ्यु झिक्छ र ३० जनाको मेसमा बनाएको बिहानको रोटिमा दल्दै भन्छ 'साह्रै मिठो होला जस्तो छ आमा यो पलिको खिर त'।
पछाडीबाट भाई बोल्छ "हाम्रा दाईको छ दिन, विदेशमा मिठ्ठो खाइवरी मोज छ"
"लौन हाम्रो कान्छालाई पनि उतै तान बाबु" श्रावण १५ मान्न आएकी फुपूदिदी बोलिन्।
नेटवर्क कमजोर रैछ को बाहानामा फोन कट्यो।
खिर खाने दिनको शुभकामना!
#saigrace ∞