हाम्रो समाजमा छोरीचेलीको सुरक्षा र मानसिक स्वास्थ्य भन्दा पनि सम्बन्धविच्छेदपछिको कुरौटे प्रवृत्तिले किन सधै विशेष स्थान ओगटेको हुन्छ ? परिवार जोगाउन महिलाले मात्र आफ्नो स्वाभिमानको बलि दिनुपर्छ भन्ने दरिद्र सोचको अन्त्य गरौ न !
#celebritydivorce#respectpeoplesprivacy
श्री कृष्ण भन्नुहुन्छ “मान्छेले बोलीमा हैसियत देखाएपनि व्यवहारमा असलियत देखाउछन् । यस्ता द्वैध चरित्रलाई उनिहरूकै संसारमा छोड्नु र आफु निरन्तर अघि बढ्नुमै भलाई छ ॥"
राधे राधे 🙏
छोरी / बुहारीले आफ्नो रहर अनि सपना कुल्चिएर पित्तृसत्तात्मक प्रवृत्ति स्विकार्दै, समाजले बनाएको नियम अनुसार चल्नुपर्छ भन्ने भ्रम हरेक घरमा अन्त्य होस् साथै एक नारी अर्को नारीको समस्या कहिल्यै नबनून् ।।
तीजको शुभकामना 🙏❤️
कमजोरी आत्महत्या गर्नेको मात्र होइन, हामी हुर्केको समाज (judgemental society) को पनि हो । कसैले आफ्नो समस्या तपाईसामू पोख्ने हिम्मत राख्छ र विश्वास गर्छ भने सके साथ दिनुस् नसके टिप्पणी गर्दै नहिड्नुस् ।
#SUICIDEISNOTTHEANSWER💔
आत्महत्या पक्कै पनि समाधान होईन तर के हाम्रो समाजले मानसिक रोगीलाई अरू रोगलागे जस्तो स्वीकार्न सकेको छ? कोहि चिनेजानेको व्यक्ति डिप्रेशनको सिकार भएको छ भने विचरा भनेर कारण थाहा पाउननै हतार हुन्छ र समाजले यस्तो नजरले हेर्छ कि मानसिक समस्या हुनु भनेको कहिल्यै ठिक नहुनु हो ।
जिन्दगीको मोडहरुमा अदृश्य रुपमा घचेट्दै लडाउने हातहरु र भरोसा दिदैँ उठाँउने ति साथहरुलाई नमन 🙏 ति हात र साथले दिएका पाठ सिक्दै अघि बढ्ने क्रम जारी छ ।
#happy_guru_purnima
I have no energy to hate anybody. I literally have no space in my heart to carry that toxic bitterness around. I either love you, wish you well, or hope you heal.