मलाई थाहा छ,
ऊ आउनेछ
हो, एक दिन अवश्य आउनेछ
साँझको
शीतल समीर बनेर,
झ्यालमा
ठोक्किने वर्षाका धुन बनेर,
अनि मेरो एकान्तले बिर्सन नसकेको
पुरानो गीत बनेर।❤️
कैयौँ मुटुहरू सडकमा
फुटेर रगताम्य भए,
सडक रोकियो,
ट्राफिक बन्द भयो,नेपाल रोयो।
तर तिमीहरूको -
बाघचाल अझै सकिएन,
रगतका डोबमाथि पनि
तिमीहरू रणनीति कोर्दै छौ।
बजारजस्तो आत्मामा
प्रेम कहाँ हुन्छ र?
त्यहाँ त केवल
सौदाबाजी लाग्छ , बजार लाग्छ, 🙏
#Nepal