तर नेपालमा मैले आजसम्म कसैले पनि त्यसरी प्याकेज इन्सर्ट हेरेर प्रामाणिक सल्लाह दिएको भेटेको छैन। (कसैले हेर्ने गरेका होलान्, तर मैले मात्र भेटेको छैन भनेको 😀)
आज चाहिं औषधि उत्पादक आफैंले नै पो औषधिको पत्तामै खानापछि खानू भनेर लेखेको साथी @BimalSalyan ले देखाउनुभयो।
Depoliticization बाट समस्या घट्दैन, बढ्छ
सरकारलाई सिकाउन खोजेको होइन -म को हो र सिकाउनलाई ? सरकार चलाउने मानिस मभन्दा धेरै जान्नेहरू हुनुहुन्छ ।
मेरो नजरमा हामी सामान्य नागरिकले विचार गर्नुपर्ने कुरा लेख्दैछु ।
लेबर युनियन खारेज गर्ने ! सुकुम्बासी धपाउने ! विद्यार्थी संगठनमा प्रतिबन्ध लगाउने ! सोसल मिडियामा विचार राख्दा होस गर्न सरकार र सेना दुवैतर्फबाट चेतावनी र धम्की !
यो 'म्याडनेस'मा केही 'मेथड' पनि छ जस्तो लाग्छ है ।
नेपालको औद्योगिक क्षेत्र नाफामूलक वा सबल हुन नसकेको मजदुरले हडताल गरेर हो' भन्ने मध्यमवर्गीय भाष्य जबरदस्त स्थापित भएको छ । यसलाई उल्ट्याएर पनि हेर्नुपर्छ । उद्योगधन्दा सबल हुन नसकेको मजदुरको शोषण गरेर पनि हो ! उद्योगधन्दाले नेपालका श्रमीकलाई उचित पारिश्रमीक र सामाजिक सुरक्षा दिएका भए श्रमीकको जीवनस्तर अहिलेको भन्दा धेरै राम्रो हुने थियो ।
यही कुरा निजामती कर्मचारीको हकमा पनि लागु हुन्छ । कर्मचारी राजनीतिक दलसँग आवद्ध भएर दलीय राजनीति संगठनमा भित्र्याउनु गलत हो । तर, राजनीतिक दल वा विचारधारासँग कर्मचारीलगायत सर्वसाधारण सबै नागरिकले आफूलाई जोड्न पाउनुपर्छ ।
कर्मचारी संगठन भित्र भइरहेको दलीय राजनीति उनीहरूलाई depoliticize गराएर अन्त हुँदैन । यसो गर्दा समस्या थप intractable बन्न सक्छ ।
कर्मचारी, मजदुर, सुकुम्बासी, विद्यार्थी मात्र होइन -नेपाली समाज बृहत् रूपमा अराजकताको दलदलमा फसेको छ -जसमा विगत ३० वर्ष सरकार चलाउनेहरू जिम्मेवार छन् । निजी क्षेत्र, प्राज्ञिक पेशामा भएकाहरू, कलाकार, खेलाडी आदिले पनि कानुनी र सामाजिक मर्यादा पालन गरेका छैनन् ।
सबैभन्दा बढी अराजकता राजनीतिक दलमा थियो र छ । यो अराजकताबाट रास्वपा पनि स्वतन्त्र छैन । यो कुरा रास्वपाका नयाँ सांसदका केही गतिविधिबाट प्रस्ट भइसकेको छ ।
बृहत् समाजमा जरा गाडेर बसेको समस्याको समाधान निश्चित समूह र वर्गलाई निशाना बनाएर सम्भव छैन । सुशासनको लक्ष राम्रो हो । तर, सुशासन depoliticization बाट प्राप्त हुन सक्दैन । यसो गर्नु भनेको निरङ्कुश शासनको जग बसाउनुमात्र हो ।
राज्यले पपुलर र पपुलिस्ट भाष्यहरूबाट माथि उठेर सोच्नुपर्छ । राज्यले नसोच्न सक्छ -तर नागरिकले 'सोच्न' छोड्नुहुन्न ।
सहारा शर्मा र अभिमन्यु दीक्षित समूहको 'इन्द्रेणी खोज्दै जाँदा'देखि प्रशंसक हूँ। सामीप्य सर निर्माताको भूमिकामा हुनुहुन्छ। टिजर साँच्चै मन पर्यो।
@samipya13@manyudixit
https://t.co/s8Q3p7rc5O
मिडियाका साथीहरुलाई एउटा नमागेको सुझाव है- रास्वपाले सरकार बनाउँदै गर्दा रविका यति परे, बालेनका उति, विवेकशीलकाहरु यति-उति वा हुस्सिए टाइपका समाचार ठेलेर झगडा लाउने काम नगर्नु, सग्लो रास्वपालाई स्वीकार गर्नु । उनीहरु आफैं झगडा गर्न थाले भने बनाउनु समाचार । हस्?
चुनावपछि बालेन कस्ता नेता बन्छन्?
विधि, कानुन, संस्था, प्रक्रिया केही पनि नमान्ने र आफूबाहेक अरू कसैलाई नगन्ने अवैध तुजुक देखाउँछन् कि देखाउँदैनन्?
बालेनको राजनीतिक भविष्य यसले नै तय गर्नेछ।
My Story on #Balen
https://t.co/Of4GeCSscd
कसरी राज्यले नागरिकलाई अतिवादतिर धकेल्दै छ
* नागरिकको निराशालाई चरमबिन्दुमा पुऱ्याउने
* राज्यशक्तिको दुरुपयोगलाई अनदेखा गर्ने
* केही बोलेको कतै स्टाटस लेखेकै भरमा नागरिकलाई प्रकाउ गर्ने मुद्दा चलाउने
* नागरिकको पीडा नबुझी, समभाव नराखी राज्यका निकायले आफूमाथि भएको हिंसाको बदला लिन खोज्ने
हामी मध्ये कतिलाई लाग्ला भाद्र २३को बर्बर दमनको कारणले सरकार ढलेको हो तर भ्रम नहरोस्, भाद्र २४को विध्वंश पछि हेलिकप्टरमा भाग्न परेपछि मात्र ओली महाशयले पद छोडेका हुन् । आफ्नै ज्यानमाथि खतरा नहुदो हो त अस्तिको राजावादी आन्दोलन र अलि अघिको मधेश आन्दोलनमा जस्तै पेलेरै लाने नियत स्पष्ट थियो । भाद्र २४मा जनताको आक्रोश मात्र थियो त? पक्कै अन्य स्वार्थ समूहको घुसपैठ पनि थियो, यस्ता तत्वहरू सधै कुनै मौकाको खोजीमा हुन्छन् । राज्यले त्यस्तो मौका दिनु नै हुन्थेन, स्वार्थ समूहलाई बलिलो बन्न नै दिनु हुन्थेन, आमजनताको हितको काम गरेको भए त्यस्ता समूहहरू बलिया हुदा पनि हुदैनथिए ।
धमिलो पानीमा माछा मार्न आएका स्वार्थ समूह तथा आपराधिक पृष्ठभूमिका व्यक्तिहरू र आमनागरिकलाई एउटै कित्तामा राखिदै छ । कसैलाई स्टाटस लेखेकै भरमा, कसैलाई कतै केही बोलेको भिडियोको भरमा भने कसैलाई ढुङ्गा बोकेको फोटोको भरमा नागरिकलाई प्रकाउ गर्ने मुद्दा चलाउने क्रम देखिन थालेको छ । यी मध्ये "माथि"को संरक्षण भएकाहरूले त सजिलै उन्मुक्ति पाउने नै छन् । आम जनताले भने मुद्दा किनारा नलागे सम्म हैरानी भोग्ने बाहेक अरु उपाय हुने छैन ।
हो, राज्यका निकायमाथि वर्दी लगाएकाहरूमाथि पनि हमला भएको हो । तर त्यसको पृष्ठभूमि पनि बुझौ न । दशकौदेखिको कुशासन, भर्खरै कलिला युवकहरूको टाउको र छातिमा ताकेर गोली प्रहार भएको देखेको अनि त्यसमाथि नेताहरूको असामयिक भड्काउ अभिव्यक्ति । घटनाको नैतिक जिम्मेवारी लिन पर्नेहरूलाई केही नगरी, शक्तिहिन नागरिकलाई अहिल्यै खोजी खोजी बदला लि्न्छु भन्न सुहाउछ?
हाम्रोमा हिंसात्मक आन्दोलन पछि न्यायिक निरुपण कहिल्यै भएन । हिंसा मच्चाउनेहरू शक्तिमा पुग्ने र विपक्षीले राजनैतिक मोलतोलको लागि मात्र निरुपणको उच्चाहरण गर्नाले । अहिले पनि त्यस्तै नियतिको निरन्तरता देखिदैछ । यसले भविष्यमा बदला र प्रतिहिंसा तर्फ उन्मुख हुने सम्भावनालाई प्रबल बनाउदै छ। जनताको आवेग यसपालि त जसो तसो थामियो, अर्को पटक के होला भन्न सकिन्न ।
को कति दोषी यो इतिहासले लेखाजोखा राख्ला। नेपालाई अहिले चाहिएको भनेको राज्यबाट पनि गल्ती भएको छ भन्ने स्वीकारोक्तिका साथ सबै पक्षलाई समभावले हेरेर न्याय दिनु हो । राज्य जनताको लागि हो भनेर बुझ्नु हो ।
#StopRevengeArrests
#StopRevengeProsecution
#genzrevolution
नेपालमा क्यान्सरको उपचार गर्ने अस्पतालहरु ११ वटा जति रहेछन। तर क्यान्सर रोगको पहिचान र उपचारको लागि चाहिने औषधी (रेडियो आईसोटोप) उत्पादन गर्ने साईक्लोट्रोन मशिन नेपालमा रहेनछ। सो मशिन नेपालमा ल्याएर सञ्चालन गर्न बिज्ञान मन्त्रालयमा आज बिज्ञहरु र stakeholder हरु संग छलफल भयो र अघि बढियो। सो कामको लागि इमान्दारीका साथ काम गर्दा पनि कम्तिमा ९० करोड रुपैयाँ जति लाग्छ। यत्ति एउटा मशिन राख्न पनि कन्जुस्याई गर्न हुँदैन। हजारौं बिरामीको उपचार हुन्छ। 🌹🙏🙏🌹
यो देशलाई उत्तेजनाको पेट्रोलको दहमा चोबल्न र आगो लगाउन न्वारनदेखिको बल लगाउने योद्धा तँ पनि होस्।
आइज जलेको देशको अलिकति खरानी तँ पनि लैजा। मैले मात्रै घसेर नसकिने भयो यो देश बालेर जम्मा भएको खरानी 😡
आफ्नो बारे त त्यस्तै हो,
छैन त्यस्तो खासै
केही गर्न सकेको।
आफ्नो बारे भन्दा पनि
@sudeepshree भाईको
शब्द शिल्प
शेयर नगरी बस्न नसकेको।
https://t.co/W25f6SVmuw
कालोपोथी र शाम्बालाजस्ता मानक नेपाली चलचित्र बनाएर विश्वमन्चमा दर्हो उपस्थिति जनाउँदै गरेका निर्देशक तथा लेखक मीन भामको मुखबाट सिमसारा समीक्षा सुन्न आतुर छु ।
भोलि शुक्रबार अढाई बजे भेटाैं ल
सिनेमाप्रतिको प्रेम सदाबहार छ । यो प्रेम न कहिल्यै कम भएको छ, न कहिल्यै मुर्झाउनेछ । Everything In this world Is temprorary, except CINEMA.
हामी को हौँ भनेर सोधिने प्रश्नको उत्तर हो यो भिडियो । यो १२ मिनेटको भिडियो हाम्रो कथा हो । हाम्रो प्रतिविम्ब हो । हामी बाँचेको जीवन हो । हामीलाई बाँच्न प्रेरित गर्ने दर्शन हो ।
This video captures the heart of who we are as Movie Lovers — a reflection of our passion, dedication, and deep love for cinema. It’s the essence of our shared journey.