कान्तिपुरले चन्द्र ढकालको हिनामिना छाप्दैन । अनलाईनले दिपक भट्टको छाप्दैन। रातोपाटीले सुन तस्कर पुनको छाप्दैन।सेतोपाटीले अनुदान हिनामिना छाप्दैन। यिनिहरू नै फेरी स्वतन्त्र पत्रकारिताको र स्वतन्त्र पत्रकारको भजन गाईरहन्छन् । जय होस् ।
रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?@KanakManiDixit
श्री ५ महेन्द्रद्वारा छुवाछुत उन्मुलनसहित २०२० साल भाद्र १ गते जारी सन्देश ।
सोही मितिबाट लागू गरिएको नयाँ मुलुकी ऐनले वैधानिक/कानुनी रुपमा नेपालमा छुवाछुतलाई कानुनी अपराधको कोटीमा राखेको हो ।
नियतिको खेल!
ठिक एक वर्षअघि चैत्र १५ गते म, धवल शमशेर राणा लगायत धेरैलाई केपी ओली र रमेश लेखकले फोकटमा हिरासतमा हालिदिनु भयो। चारवटा मुद्दा खेपिरहेका छौँ।
एक वर्षमै समय र नियति यसरी बदलियो कि उहाँहरू दुबैजना पक्राउ परेर हामीलाई राखिएको जिल्ला प्रहरी परिसर मैँ पुग्नुभयो।
न्यायालयमा हस्तक्षेप अब बन्द होस्। दूधको दूध, पानीको पानी छुट्टियोस्!
गोरखकाली टायर बन्दा प्राइवेट पब्लिक गाड़ी मोटर साइकिल हरू धेरै भै सकेका थिए, ट्रैक्टर हरू को संख्या बढदै थियो, गांउ गांउ मा चल्ने बयल गाडी मा काठ को सट्टा रबड को टायर हाल्ने संख्या बढदै थियो र देश को आवश्यकता को डाटा र आयात को अनुपात हेरी आवश्यक ठहरेरै योजना बनाएर बिदेशी सहयोग मा बनेको थियो। उच्च गुणस्तर भएको हुनाले श्रीलंका भूटान र भारत मा समेत मांग अनुसार निर्यात हुन्थ्यो।
हेटौंडा सीमेन्ट को त कुरा गरी साध्य छैन। यति बलियो उच्च कोटि को थियो कि “त्यही सिमेन्ट पाए पछी मात्र घर बनाउने” भनेर मान्छे कुरेर बस्थे । हामी एउटा अस्पताल बनाउंदै थियौं।हाम्रो इन्जीनियर Larry Robertson ( अमेरिकी मूल को नेपाली) ले हेटौंडा सिमेन्ट पाइएन, अहिले काम बन्द” भनेर काम रोकि दिए। फैक्ट्री मा अर्डर गरेको छु, पाए पछी शुरू हुन्छ” भने। धुईं पत्ताल लगाएर खोज्दा “आउने बित्तिकै सोध भर्ना दिने” शर्त मा पाइयो।
बांसवारी जुत्ता जनसंख्या अनुसार प्रति व्यक्ति २ बर्ष मा एक ज़ोर जुत्ता बनाउने” लक्ष लिएर शुरू भयो। डिमांड धान्न न सकेर प्रहरी र सेना को आवश्यकता पूरा गरेर बांकी जनरल पब्लिक को लागी बनाउने” भन्ने नीति लिइयो।विदेश मा अध्ययन गर्ने हामी नेपाली बिद्यार्थी को प्राथमिकता नै त्यही हुन्थ्यो र हाम्रा भारतीय सहपाठी हरू पनी नेपाल आएर त्यही जुत्ता किनेर लै जान्थे।
हेटौंडा कपडा के कथा पनी त्यस्तै छ। प्रतिव्यक्ति बार्षिक कम से कम १० गज कपड़ा उत्पादन गर्ने लक्ष लिएर शुरू भयो। हाम्रो अस्पताल को लागी आवश्यक पर्ने कपड़ा को लागी पहिलो रोजाइ नै त्यही हुन्थ्यो। कैयौं दिन पर्खन पर्थ्यो । नपाए मात्र निम्न गुणस्तर को भारतीय सूती कपड़ा किनेर काम चलाइन्थ्यो।
तराई छेत्र मा ४ वटा ठूला सुगर मिल थिए, हाम्रो एरिया मा ३ वटा खांडसारी मिल को साथै २ छूला चिनी मिल थिये। किसान हरू को नगदे बाली उखु नै थियो।आर्थिक अवस्था निकै राम्रो थियो।चिनी मा हामी पूर्ण आत्मनिर्भर थियौं।
बुटवल धागो कारख़ाना ले नेपालगंज मा उत्पादन भएको कपास र नपुग कपास पाकिस्तान बाट आयात गरेर धागो बनाउंथ्यो। साथै विराटनगर स्थित अशोक टेक्सटाइल्स र बुटवल कै GB Textile र अरू साना उद्योग लाइ आवश्यक पर्ने टेरीलीन, नाइलोन का धागो हरू उत्पादन गर्थ्यो । स्थानीय तह मा कैयौं होजियरी उद्योग हरू खुले र हजारौं ले काम पाएका थिये।
जनकपुर चुरोट कारख़ाना ले त ४- ५०० जना लाइ प्रत्यक्ष रोजगारी दिएको थियो र लाखौं किसान मज़दूर हरू को (पूर्वी तराई का किसान- मज़दूर) हरू को रेजगारी को अवसर थियो।
भृकुटि कागज कारख़ाना बाट जापान सम्म कागज निर्यात हुन्थ्यो। लाखौं ले रोज़गारी पाएका थिए।
NCCN ले उच्चस्तर को निर्माण को सड़क भवन र पूर्वाधार निर्माण को काम गर्थ्यो।पूर्व- पश्चिम राजमार्ग बनाउंदा नारायण घाट-हेटौंडा सड़क खंड उसैले बनाएको , अरू सबै खंड भन्दा धेरै राम्रो सडक खंड मा गनिन्थ्यो।
तराई छेत्र मा मेची देखी महाकाली सम्म मा ७ वटा “धान चामल निर्यात कंपनी” थियो ।
नेपाल ले कति धान निर्यात गर्थ्यो भन्ने कुरा को एक सानो उदाहरण यही छ👇👇
The Indian Express 08 Feb 1944
Bengal's Request for Loan From the Centre
(From Our Correspondent)
NEW DELHI, Feb. 5.-Apropos statements in the Bengal Assembly regarding requests for the Central Government's Anancial assistance to Bengal, talks among unotheral quarters sug gest that the Bengal Gof nment have asked for a loan of Rs. 25 croresa from the Centre Regarding rice from Napal, it is understood, that deliveries have started and one Gursarn-lal of Patna has given the contract for arranging deliveries from Nepal.
5P7
धन्यवाद 🙏
परिचालित...परिचालित...एउटा शब्द जानेछन्!
यहा को परिचालित छैन??
शायद हामी भुइँमान्छे र राजा ज्ञानेन्द्र शाह छाडेर सबै नै परिचालित छन्।
तीतो लाग्यो??
जाउ कुल्ला गर , सादा पानीले । आजकल माउथवास ले कुल्ला गर्छौँ, त्यो पनि तीतो हुन्छ।
अझैसम्म २४ कै मात्र कुरालाई कोट्याउने हरू "महामूर्ख " भनेर घोषित गर्न अब चाहि मिल्छ।
के २३ को हत्याकाण्ड काफी थिएन २४ को घटनालाई?२४ पछि पनि कत्लेआम जारी राखेर गृहयुद्धतर्फ देशलाई धकेल्न थियो?
२३ मा भएको नाबालकहरूको हत्याकाण्ड बारेमा बोल्न लेख्न लाज लाग्छ कि नोटका बिटाले हात बाध्यो?
धिक्कार छ!
*सन्तानको रगत त खायौ। कालो धनको हिसाब त खोज।*
भन्यो भने – पुस्तान्तरण र हस्तान्तरणवाला कांग्रेसी पनि रिसाउँछन्। तर सबैभन्दा पहिला सम्पत्ती सुद्धीकरणले आरजू राणा, उनको विचौलिया भाइ भुषण राणा र दीपक खड्का भन्नेलाई ‘हिरासतमा’ राख्नुपर्ने थियो। साथै, केपी ओली सचिवालय र प्रचण्डपुत्री गंगा दाहालका जरा जुहीना खोतल्नुपर्ने थियो। यार, घरमा राखेको बोराका बोरा पैसा जलेका छन्। आन्दोलकारीले लगेका छन्। न सिस्टमको पैसा हो, न साखको। पुराका पुरा कालो पैसा। प्रहरीको जिम्मेवार अफिसर भन्छ– ‘गंगा दाहालकोमा पैसासहित मान्छेको लाश भेटियो। भिडियो नखिचौं भन्दै धेरै पैसा बाहिरियो।’
सन्तानको रगत त खायौ। कालो धनको हिसाब त खोज। कि के हो? देशमा कुनै कानुन छैन?
जस्तोसुकै संकट होस्, नेपालका कम्युनिष्टले जानेको समाधन चाँहि एउटै हो- दलको मठाधिस सुविधाजनक अवस्थामा छँदा दललाई एक दर्जन चिरामा फुटाउने र आफैलाई संकट पर्दा उनै चिराहरू जोडेर कथित समाधानको आत्मरति लिने।
गत ७५ बर्षदेखि कथित जुट र फुटको अराजनीतिक चाकाचुलीलाई अब त बन्द गर, कमरेड!
होइन, गनौँ, केदारजी!
व्यक्तिगत आग्रहका कारण तथ्य बङ्ग्याएर भाष्य निर्माण गर्ने काम अति नै भयो।
गनौँ: २०१७ सालपछि राजाको शासनकालमा तपाईँले भनेका लगायत कतिवटा राष्ट्रघाती काण्ड भए र तपाईँले रातोदिन बचाउ गरेको लोकतन्त्र/गणतन्त्रमा कतिवटा राष्ट्रघाती काण्ड भए, गनौँ।
सँगसँगै, २०१७ देखि ०४६ सालसम्म र राजा ज्ञानेन्द्रको शाशनकालमा "राजनीतिक कारण"ले कति नेपालीको ज्यान गयो र २०४६ साल यता कति नेपालीको ज्यान गयो, त्यो पनि गनौँ।
त्यसपछि, राष्ट्र, राज्य र समाजको भ्रष्टिकरण, पतितिकरण र समग्र क्षयीकरणको पनि हिसाबकिताब गरौँ।
वैचारिक आग्रहका कारण तथ्य बङ्ग्याएर निर्माण गरिएको भाष्यले यो समाज र देशलाई खराब राजनीतिले भन्दा बढी हानी गरेको छ।
हे महाविद्वान हरूहो, हे महानआत्मा हो! चिसोले जमेको बुद्धिको बिर्को खोल अनि सोच २३ गते पहिले आउँछ कि २४ गते? २३ गते नआएर नै २४ गते आएको हो र २४ गतेका अपराधी माथि मात्र कारबाही गर्ने? २३ गतेका हत्याले २४ गतेको हिंसालाई जन्म दिएको हो भनेर पनि बुझाउन पर्ने हो र ?
थुइ...या!
एउटा कुरा भनौँ?
सिंहदरबार लगायत कयौँ भवनहरू जसरी दनदनी बले त्यो केवल जन-आक्रोशको परिणाम थिएन भन्ने न्यूयोर्क टाइम्सको रिपोर्टपछि लगभग प्रष्ट भएको छ।
सेनाले किन सिंहदरबार बचाउन सकेन भनेर उठिरहेका प्रश्नबारेचाहिँ एउटा कुरा भनौँ?
यदी नेपाली सेनाले सिंहदरबार बचाउन Warning Shot मात्र नहानेर साँच्चिकै गोली चलाएको भए "कम्तिमा" केही दर्जनको ज्यान जाने थियो।
त्यसपछि सेनाले किन सिंहदरबार बचाउन सकेन भनेर अहिले प्रश्न गर्नेहरूले नै "सेनाले किन गोली चलायो?", "हत्यारा सेनालाई कारबाही गर" भन्ने थिए।
नेपाली राष्ट्रियताका तीन प्रमुख खम्बा सिंहदरबार (कार्यपालिका), संसद (व्यवस्थापिका) र सर्बोच्च (न्यायपालिका) मा आगो लगाइनु इतिहासकै कालो/हृदयविदारक दिन हो।
तर नेपाली सेनाले त्यो दिन भौतिक संरचना जोगाउनका लागि मानवीय क्षति हुन नदिनु विवेकपूर्ण निर्णय थियो।
तिमेरको रामराज्यमा बिरोध गर्न जाँदा लाउनु पर्ने ड्रेस कोड के हो ? बोक्ने झण्डा कुन हो ?
जेन्जी भनेको पुस्ता स्कुल पढ्छ , कलेज पढ्छ , काम गर्छ , जे छ त्यहि लुगा लाउछ I शान्तिपूर्ण प्रदर्शनमा निहत्था माथि ताकेर टाउकोमा छातीमा गोलि दाग्ने को हो , त्यो खोज्ने हो I त्यो सचेत युवायुवतीलाई उचाल्यो भनेर मानमर्दन गर्छ्न स्वाँठहरू I तिमीहरु जस्तो कसैको लाचार छायाँ थिएनन् , मान्छे जस्ता मान्छे थिए , चेतनशील- विकृति ,भ्रस्टाचार र कुशासनका बिरुद्ध जुरुक्क उठ्न सक्ने I