@TimalsenaSachin दाजु तपाईं लाई साच्चिकै लाग्छ बालेन शाह अटेन्सन को भोको छन?😂 जो ब्यक्तिको एक स्टाटस लाई लिएर तपाईं हरु यत्तिको आत्तिनुभाछ भनेदेखि उसलाई एटेन्सन को जरुरत पर्छ र?😂
#WATCH | New York | At the 81st United Nations General Assembly, Nepal’s Prime Minister Balendra Shah says, "...We propose that we establish a Himalayan climate resilience mechanism led by Nepal, India and China. Through this mechanism, let us share satellite data and expertise. Let us monitor dangerous glacial lakes. Let us strengthen joint early warning systems. When disaster strikes, let us coordinate assistance across borders. Let the Himalayas become a laboratory of international cooperation rather than a frontier of fragmented information..."
(Video Source: United Nations)
विशेषज्ञलाई पनि सुनौँ!
“त्यसैले आफ्नो विषय भन्दा बाहिरका कुरामा विषेशज्ञ हुनु पहिले यथार्थ बुझौ।यहा सबैलाइ शोक परेको छ तर व्यवस्थापन गर्नु पर्ने दायित्व पनि छ..
सरकारको विरोध गर्नु पर्छ तर जायज कुरामा, विरोधकै लागि विरोध गर्ने समय यो हैन।” #LaxmanSharma,
https://t.co/OyAIRwgdH7
यतिखेर सरकारले आफ्ना संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन गर्दै आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ। विपद् होस् वा अन्य कुनै संकट, सरकारलाई काम गर्न दिनु र आवश्यक ठाउँमा साथ सहयोग गर्नु नै अहिलेको आवश्यकता हो।
त्यसैले विनम्र अनुरोध छ, सरकारले सहयोग मागेको छ भने सक्दो सहयोग गरौँ, सहयोग नमागेको अवस्थामा अनावश्यक हस्तक्षेप नगरी केही समय चुप लागेर बसौँ। हरेक विषयमा अनेकौँ लाञ्छना, आरोप–प्रत्यारोप र अनावश्यक विवाद सिर्जना गरेर सरकारको समय र ऊर्जा बर्बाद नगरौँ।
अहिले आरोप लगाउनेभन्दा सहयोग गर्ने समय हो, राजनीति गर्नेभन्दा मानवीयता देखाउने समय हो। सरकारलाई आफ्नो काम गर्न दिऔँ, जहाँ आवश्यक पर्छ त्यहाँ हातेमालो गरौँ। 🙏
कलिलो उमेरमा देश छोड्ने। नागरिकता र राहदानी त्याग्ने। अनि २–३ दशक नेपालसँग लगभग सम्बन्धविहीन भएर हराउने।
तर अवकाश नजिकिँदै गएपछि अचानक देशप्रेम जाग्ने।
त्यसपछि नेपाल बिग्रियो, नेपाली यस्ता भए, नेता उस्ता भए भनेर गालीगलौज सुरु। आफूले त्यागेको नागरिकतालाई “कागजको खोस्टो” भन्ने, तर फेरि त्यही देशमाथि सबैभन्दा ठूलो नैतिक अधिकार जमाउने।
जन्मभूमिको माया लाग्नु स्वाभाविक हो। तर प्रश्न पनि स्वाभाविक छ, यो माया २०–३० वर्ष कहाँ थियो?
कतै यो देशप्रेमभन्दा बढी रिटायरमेन्ट प्लान त होइन?
विदेशमा बुढेसकाल महँगो हुन्छ। केयर होमको जीवन आउँछ। नेपालमा आफन्त छन्, सेवा सस्तो छ, सामाजिक घेरा छ, अनि अन्तिम यात्राका लागि पशुपति पनि छँदैछ।
तर सबैलाई एउटै डोकामा हाल्न मिल्दैन।
विदेशमा बसेर पनि नेपालका लागि निरन्तर सोच्ने, योगदान गर्ने, ज्ञान–सीप जोड्ने, सहयोग गर्ने र असहमति हुँदा पनि सभ्य भाषामा बहस गर्ने धेरै नेपाली छन्। दूरीले उहाँहरूको जिम्मेवारी घटाएको छैन। उहाँहरू सम्मानका पात्र हुन्। उहाँहरूलाई नमन।
तर दशकौँ देशसँग मतलब नराख्ने, केही योगदान नगर्ने, नागरिकता र देशलाई होच्याउने, अनि बुढेसकाल नजिकिँदा अचानक राष्ट्रवादको ठेक्का लिनेहरूलाई चाहिँ प्रश्न गर्नैपर्छ।
नेपाल तपाईंको रिटायरमेन्ट होम मात्र होइन।
नेपालीहरू तपाईंको बुढेसकालको सेवा प्रणाली पनि होइनन्।
र देशप्रेम गालीगलौजको लाइसेन्स त झन् हुँदै होइन।
यो पोस्ट कसैलाई “ठेस” लाग्यो भने,
सायद ठेस सही ठाउँमै पुगेछ भनेर बुझौं। #तथास्तु
सरकार चुप लागेर बसेको छैन, सरकार प्रयास गरिरहेको छ। स्रोत साधन सीमित छन् र अहिलेको तबाहीको आकार अत्यन्तै ठूलो छ। विपद्को यो भयावह परिस्थितिमा सबै आत्तिनु र छटपटिनु स्वाभाविक हो। आफ्ना आफन्तको अवस्था थाहा नहुँदा, घरबस्ती बगाउँदा वा उद्धारको प्रतीक्षामा बस्नुपर्दा जनताको पीडा र आक्रोशलाई अस्वाभाविक भन्न मिल्दैन।
तर यथार्थ के पनि हो भने यस्तो विपद्मा उद्धार सहज हुँदैन। सडक अवरुद्ध छन्, सञ्चार र यातायात प्रभावित छन्, धेरै ठाउँमा पुग्नै कठिन छ। त्यसका बाबजुद नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पाइलट, रेस्क्युअपरेटर्स तथा स्थानीय तहका जनप्रतिनिधि र नागरिक स्वयं निरन्तर उद्धार र राहतमा जुटिरहेका छन्।
यो समय धैर्य राख्ने, एक अर्कालाई सहयोग गर्ने र राज्यका सबै संयन्त्र एक भएर काम गर्ने समय हो। विपद् ठूलो छ, चुनौती कठिन छ, तर उद्धारको प्रयास रोकिएको छैन।
कानबाट सुन निकालेको देखेर याद आयो , २०३८ सालमा कंचनपुर बाट बैतडी जादा भारतको उत्तराखण्डमा २०+ को ज्यान जाने गरि भएको दुर्घटनामा परेर ज्यान गुमाएका मेरा बाजेको सनाखत मात्र हातको चादीको बालाले भएको थियो रे।
गरीब हुदासम्म केइ छैन, मानसिक रुपमा दरीद्र नभैदिउ।
हराएको सिलिन्डर होइन,
हराएका आफन्त खोजौँ,
हराएको साथीभाई खोजौँ,
आफैभित्र हराएको मानवता खोजौँ,
सम्बेदनशिलता खोजौँ ।
सकेसम्म दुखेका घाउहरुको मलमपट्टी बनौँ ।
अलि अवस्था सामान्य भएपछी डलर त फेरि पनि कमाउनुहोला ।
अहिलेलाई कम्तिमा,
गलत समाचारहरु सम्प्रेषण नगरौं,
पुराना तथा अन्य देशहरुका फोटो-भिडियोहरु राखेर भिउजको खेती नगरौं,
जोखिम रहेको क्षेत्रमा ज्यान नै जोखिम राखेर फोटो-भिडियो खिच्न त्यो क्षेत्रमा नजाउँ,
घाइते अवस्थाको फोटो र लासको फोटो-भिडियो संजालमा नराखौँ, यस्तो दृश्य उनिहरुको आफन्तले देख्नुभो भने अझै धेरै पीडा थपिदिन्छ ।
धमिलो पानीमा माछा मार्ने उदेश्यले राहतका धेरै पसल नखोलौँ,
सकिन्छ, सरकारको एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने गरि सोही कोषमा सक्दो सहयोग गरौं ।
यो समयमा सकेसम्म ज्यादा रक्तदान गरौं, कम्तिमा रगत अभावले घाइतेहरुको ज्यान जान नपाओस ।
आउनुस, सबै मिलि सरकारलाई सहयोग गरौं , विपद आइ नै सक्यो, क्षति भई नै सक्यो र पनि थप क्षति न्यूनीकरण गर्न हामी सबै हातेमालो गरौं ।
देश राष्ट्रिय संकटको घडीमा छ। यस्तो अवस्थामा नागरिकको आवागमन सहज बनाउनुको सट्टा आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा अस्वाभाविक रूपमा बढाउनु गम्भीर र आपत्तिजनक छ। संकट नागरिकमाथि नाफा कमाउने अवसर होइन। विपद्को समयमा नागरिकको बाध्यताको शोषण गर्ने हो कि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हो?
अत: संकटको घडीमा भएको अस्वाभाविक हवाई भाडा वृद्धिलाई तत्काल नियन्त्रण गर्न र नागरिकलाई राहत तथा सहज आवागमन सुनिश्चित गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।
कसैको अस्मिता, पीडा र मृत्युका कुरा यति सहजतापूर्वक कसरी सार्वजनिक गर्न सकिन्छ?
त्यसलाई सहजतापूर्वक रेकर्ड गर्ने, सोध्ने, हेर्ने र फेरि सामाजिक सञ्जालमा पोस्ट गर्ने ब्यक्तीहरुको मानसिक स्तर, मानवता र संवेदना हराएकै हो ?
Let the youth-lead Nepal government take due legal action in time against the criminal elements who may attempt to discredite the new government by indulging in destructive activities on the eve of the first anniversary of the historic GenZ revolt.
यस्ता अपराधीलाई राज्यले वेलैमा नियन्त्रणमा लिएर विधिवत् कार्वाही गरोस्!
अन्यथा जेन-जी विद्रोहको बार्षिकी नजिकिदै गर्दा भेडाको छाला ओढेर प्रतिगामी र राष्ट्रघाती ब्वाँसाहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सर्वभौमिकता बिरूद्ध वितण्डा मच्चाउने थप जघन्य अपराध गर्नसक्छन्!
जबसम्म नेपालमा सन्दीप लामिछाने र पल शाहलाई नायकका रूपमा पुजिन्छ र उत्सव मनाइन्छ, तबसम्म महिलामाथि हुने यौन हिंसाविरुद्ध गरिने हरेक विरोध आफैँमा एउटा विरोधाभास हो।
यो समाजले बलात्कारलाई यति सामान्य बनाइसकेको छ कि कतिपय अवस्थामा बलात्कारीलाई नै उत्सवको पात्र बनाइन्छ। यही प्रवृत्तिले भविष्यका अपराधीहरूलाई यस्ता जघन्य अपराध गर्ने थप हिम्मत दिन्छ। हाम्रो समाजले बलात्कारीलाई दण्डहीनता र सामाजिक संरक्षण दिन्छ, अनि बलात्कारका घटना दिनप्रतिदिन भयावह रूपमा बढ्दा आश्चर्य मान्छ!
अझै सम्झना छ,एक वर्षअघि सन्दीप लामिछानेलाई बलात्कारी भनेकै कारण महिला इन्फ्लुएन्सरहरूको कमेन्ट सेक्सन र इनबक्स बलात्कारको धम्कीले भरिएका थिए। आज भने सबैले अचानक आफ्नो नैतिक विवेक भेट्टाएझैँ गरेका छन्।
के समाजले चासो दिनका लागि बलात्कारपछि एउटी छोरीले सधैँ ज्यानै गुमाउनुपर्ने हो?
यो प्रश्न एकपटक आफैँलाई सोध्नुहोस्। यस्ता अपराधलाई मौन समर्थन, सामाजिक संरक्षण र हौसला दिने आफ्नो भूमिकाप्रति लज्जित हुनुहोस्।
Sandeep lamichhane
Paul shah
Mahesh basnet
Krishna bahadur mahara
Ain mahar
Just few names of rape accused complained by survivors!!
If they can move easily even there are survivors it will certainly influence other to commit such things !!
‘पुरुषकोबारेमा किन लेखिनस्?’ जवाफमा, यो समाजले,घर/परिवार/समाजको इज्जतको ठेक्का महिलाको शरीरलाई सुम्पिएको छ;त्यसैले बेलाबेलामा मानसिक हिंसा र यौनिक मनोरञ्जनको साधन बन्छ।
अहिले पनि आफूलाई कथित पत्रकार भन्नेहरू यही हुलमा खडा भएका छन् ।
तपाईंहरू ले बुझ्नुहुन्छ कि!तर, आशाचाहिँ कमै छ।