सडक डिजाइन र निर्माणमा सडक सुरक्षा तथा slope stabilization लाई अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्छ। Quantity भन्दा Quality लाई प्राथमिकता दिऔं।
अब “यति किलोमिटर सडक निर्माण भयो” भन्दा पनि “यति किलोमिटर सुरक्षित सडक सम्पन्न गर्यौं” भन्न सक्ने अवस्था बनाऔं।
जेब्रा क्रसिङ अगाडि आईपुगे पछि मोटरसाइकल, साइकल या चारपांग्रे जो भए पनि स्पिड कम गर्नै पर्छ, त्यो पैदल यात्रुको लागि नै हो। त्यो ठाउमा हतार गरेर दुर्घटना गर्ने जो कोहि पनि कानुनी दायरामा आउनै पर्छ।
बाकी त बिद्वान दादाहरुले भन्नू होला।
अखिलको नेता उनकै प्रतिनिधीले चुन्छन।दुबैलाई शुभकामना र फाईनल्ली जस्ले मन र मत जित्छ उसलाई बधाई! मलाई यस्लाई भन्दे उस्लाई भन्दे भनेर करकर गरेर समय खेर नहालेकै राम्रो किन भने म भोटर हैन।
नेपालको सन्दर्भमा हेर्दा, हरेक तहका राजनीतिक दल र नेताहरूले विकासको कुरा गर्छन् । तर त्यो विकास धेरैजसो भाषणमा सीमित हुने गरेको देखिन्छ । कारण हो, योजनाको अवधारणादेखि कार्यान्वयनसम्म र अनुसन्धानदेखि निति निर्माणसम्म इन्जिनियरिङ र प्राविधिक जनशक्तिलाई आवश्यक स्थान नदिनु ।
पुल बन्यो सायद ३/४ बर्ष अघि नै ! उद्घाटन भयो । फोटो खिचियो । समाचार आयो । भाइरल पनि भयो
तर
संलग्न निर्माण व्यवसायीहरूले अझै पनि सबै भुक्तानी पाएका छैनन । झमेलामा परेका छन । यहाँ कुरा कसले सुन्ने?
#सन्दर्भ#रिडि#तिनमुखे_पुल
चिनिया प्रतिनिधिले आफ्नो मन्तव्यमा काँही पनि सगमारथा संवाद भनेर उल्लेख गरेनन् । चोमोलोङ्मा संवाद भनिदिए । अरू देशका प्रतिनिधिले सगरमाथा संवाद भने चिनियाँले भनेन् । अब सरकारले के गर्छ ? So, bypassing our Sagarmatha is a serious violation of many things @kpsharmaoli@Arzuranadeuba
४०० दिन (१ वर्ष भन्दा बढी) पछि मात्र नतिजा निकाल्ने त्रिभुवन विश्वविद्यालय, अनि त्यसपछि “विद्यार्थी किन विदेश गए?” भनेर गुनासो गर्ने हामी!
देश सुधार गर्न चाहन्छौं भने, यस्तो व्यवस्था सुधार्नैपर्छ।
#EducationReform#Nepal#TU#SystemChange
इन्जिनियरिङ: विकासको आधारशिला
नेपालको समृद्धि भाषणबाट होइन, इन्जिनियरिङ सोच र प्राविधिक नेतृत्वबाट सम्भव छ। अब हरेक योजना वैज्ञानिक, व्यावसायिक र दीर्घकालीन दृष्टिकोणबाट अघि बढ्नुपर्ने आवश्यकता छ।
न कुनै राष्ट्राध्यक्ष,सरकार प्रमुख न कुनै देशको बिदेश मन्त्रि ! न राष्ट्र संघका महासचिब ! राजनीतिक प्रतिबद्दता बिनाको सगरमाथा संवाद ! काठमाडौँ स्थित केहि बिदेशी राजदुत र दाताका प्रतिनिधिलाई समेत गनेर बिदेशी उच्च स्तरिय प्रतिनिमण्डल १७५ बिदेशी सहभागी हुने रे ? यस्तो लाजको पसारो !
केही मित्रहरु कस्तो परिणामको अपेक्षा गर्छन के ? मेरा लागि पाईताला र हत्केला भरि तेल घसेर थुम्बो नढाली केरा र गोही नै गोही भएको नदिमै पसेर एक फुर्ल्लुङ माछा ल्याईदे भन्छन।तिनलाई मह कि कालाकुट विष मित्र भन्नु?मित्रता तोडे दुर्वासा भन्लान,कायम राखे चियामा पनि विष जाँच्न पर्ने।
कुनै पनि पेशामा जागिर (job) भनेको श्रम/सीपको किनबेच हो। श्रम/सीपको उपादेयताअनुसार नै त्यसको मूल्य निर्धारण हुन्छ।
अपवाद होला, तर ‘मैले जागिर पाउनैपर्छ, जागिर स्थायी हुनैपर्छ, यो-यो सुविधा पाउनैपर्छ’ भन्ने ढिपी गर्नु भनेको बजारको प्रतिस्पर्धाका लागि आवश्यक दक्षता र आत्मविश्वासको अभावको संकेत हो।
केही दिनअघि मन्त्रीहरूको क्वार्टर पुलचोकबाट भैंसेपाटी सर्यो, राम्रो निर्णय। यदि सिंहदरबार पनि त्यही आसपास उपयुक्त स्थानमा सार्न सकियो भने, काठमाडौँको जाम कम हुने, अनावश्यक भिडभाड घट्ने, र सहर थप व्यवस्थित बन्नेथियो। ट्राफिक व्यवस्थापनको हिसाबले पनि धेरै प्रभावकारी हुने थियो।