प्रेम होस त यो फराकिलो आकाश जस्तो, जस्मा मलाई या तिमीलाई खुम्चन नपरोस, तिमी खुलेर तिम्रा प्वाँख फिजाउन सकौँ र म पनि भर्न पाउ त्यो स्वतन्त्र उडान, तिमी सङ्गै🙂
यात्रा न हो!
जे आउछ त्यो जान्छ।
बत्ती निभ्दा उज्यालो कहा जान्छ?
अन्धकारको अंगालोमा जान्छ।
पात जब झर्छन, माटो बन्छन
थोपा जब बिलाउछ, सागरमा जान्छ।
जे आयो त्यो सब जान्छ!
जहा जान्छ; आफु भन्दा ठुलो ठाउमा जान्छ।
म यदि आएकै हु कहींबाट भने;
जब जान्छु, सकिन्न! झन धेरै बन्छु।