'प्रेम' भनेको सर्व गुणले सम्पन्न व्यक्ति पाउनु होइन, 'प्रेम' भनेको त व्यक्तिलाई उसका अवगुण सहित स्विकारेर त्यसमा पुर्णता भेट्नु हो ।
#शुभ_पल#शुभबिहानी#शुभ_दिन 🤗
हुन्छ र जिन्दगी यस्तो कसैको ?
जानलाई गन्तव्य नभएजस्तो
पर्खिनलाई कोही नभएजस्तो
रुनलाई आँशु नै नभएजस्तो
हुन्छ र जिन्दगी यस्तो कसैको?
एक्लिएको बेला
छेउमा आएर बस्ने कोही नभएजस्तो
भत्किएको बेला
समेटिदिने कोही कहीँ नभइदिएजस्तो
हराउँदा खोजी गरिदिने कोही नभएजस्तो,
हुन्छ र कोही यति एक्लो?
मलाई लाग्छ, आफ्नो योग्यताभन्दा सानो महत्वाकांक्षा राखे जीवन सरल हुन्छ। हिमाल चढने ट्रेनिङ लिएको तर ढिस्काहरुमै रमाउन सिकेको मान्छेको जीवनमा मस्तीको रोचकता हुन्छ।
कतै पढेको थिए 'दुनियाले चिन्लान भनेर पहाड नचढनु , संसार हेर्न उक्लेको हो भने बेग्लै कुरा हो।'
आफ्ना बृद्द बाबाआमालाई 'कुन सन्तान संग' राख्ने भनेर टाढिन होइन, को चाहिँ 'उहाँहरु सँग' बस्न पाउने भनेर प्रतिस्पर्धा गरे सँयौ वृद्दाश्रम बन्द हुन्थे होलान् है ? 😊