गल्तीहरु पाठ बन्नेछन्। असफलताहरु प्रतिक्रिया बन्नेछन्। यो आँसु हिम्मत बन्नेछ। यो पीडा इन्धन बन्नेछ। यो छट्पटी एक यात्रा बन्नेछ।
कमजोरीको गुरुत्वाकर्षणले जति तान्न खोजेपनि तानिनेछैन। फेरी सुरु हुनेछ। फेरी नयाँ हुनेछ। फेरी हराभरा हुनेछ।
जहाँ रोकिएको थियो, सुरु त्यहाँबाटै हुनेछ।
असल मानिसको रोजाई पनि सँधै सही नहुन सक्छ। सही मानिसले रोजेको कुरा गलत भएकै कारण त्यसको भरपाई जीवनभर तिरिरहनुपर्ने भन्ने हुँदैन।
रोजाई गलत भए रोजेको उक्त वस्तुबाट टाढा रहिदिए भयो। तर, सोही कारण बारबार तनाबमा रहिरहनु भएन!
त्यो व्यक्तिको सम्बन्ध अरुसँग खराब छ भन्ने कुराले मसँगको उसको सम्बन्ध खराब हुन सक्दैन। यदि कोही व्यक्ति मसँग सकरात्मक छ, सहयोगी छ भने मेरो नजरमा उ कहिल्यै अयोग्य हुन सक्दैन।
पानीमाथि हिँड्ने भाग्य डुङ्गाले पनि पाएको छ
देउता बन्ने जस्तो मौका ढुङ्गाले पनि पाएको छ।
रुपको घमण्ड पनि यसरी नगर साथी तिमी..
यहाँ सम्मान त फूलको थुँगाले पनि पाएको छ।