' हार्दैमा कोहि पराजित हुन्न । तिनले मात्र हारेको ठहरिन्छ, जो हार पछि खेल्न छोडछन ।
अनि विजेता नि ?
विजेता भनेको त्यो हो - जो सफल नभए सम्म हारी रहन्छ ! '
मेस्सीले बार्सा छाड्दा बार्सालाई असर पर्छ वा मेस्सीलाई, थाहा छैन । तर, पनि यसो कहिलेकाँही टिभीमा च्यानल फेरिरहँदा फुटवल देखियो भने मेस्सीलाई देखिहालिन्छ कि भनेर एकछिन अडिन्छु ।
मैदानतिर शीर अलिकति झुकाएर धर्तिसित संवाद गरिरहेजस्तो मेस्सीको मुद्राको असाध्यै प्रेमी -म !
Amazing two weeks of cricket..
Very proud of the effort everyone has put in..
Hope to continue this ahead as well..
Thank you everyone for the love and blessings .!!
Jai Nepal ..!!
A strong showing from Nepal as they finish their ten overs on 104/8.
Paras Khadka top-scored with 29 from 14 balls. Are his side on course to seal the series?
#UAEvNEP SCORECARD 👇
https://t.co/ATt6D486GV
First ODI series win, First Hundred, a world Record for a 16 years old.. A series to be proud of Nepal Cricket.. special mention to @paras77 and @Rohit_paudel17 #UAEvNEP#ANIBChallengeSeries2019
पात नभएका रुखहरु,
कठ्यांग्रिएर गुँडुल्किएका चरा र बचेराहरु,
सिरक छाड्न नमान्ने आँतहरु,
एकधर्सो कपडा नसीब नभएका आङहरु,
घर घरबाट आइरहने हाँच्छ्यूँ र बूढो खोकी सहितका आर्तनादहरु,
जाँगर नभएको अल्छे कामचोर घाम,
र, मिलिक्क गर्दैमा बितिजाने यी दिनहरु,
किनकिन मलाई जाडो पटक्कै मन पर्दैन!
घमण्डीका वरपर झुम्मिने पनि धेरै छन्, भद्रलाई आफ्ना आँखामा थुन्ने पनि छन् । स्वार्थीले पनि घर बनाएकै छन्, सहयोगीले पनि जीवन चलाएकै छन् । लजाउनेको लाजले धेरैको मन जितेकै छ, देखाउनेको चर्तिकलाले पनि दुनियाँ पिटेकै छ ।
र, संसार यिनै विविधताले सुन्दर छ !
तनाव कस्को जीवनमा छैन र ! आफ्ना तनाव यत्रतत्र छरेर, अरुलाई पनि तनाव दिने कि ! तनावबाट मुक्त हुन आफूले सृजना गरेको उर्जा दिएर, अरुलाई पनि सृजनशिल बनाउँने !
फरक यत्ति मात्र हो ।🙏