*पद्धति र पात्र*
'पद्धति ठीक छ, पात्र मात्र गलत छन्' भन्ने तर्क पूर्ण सत्य होइन। पात्रहरूका कतिपय विसंगतिपूर्ण व्यबहार पद्धतिका कारणले गर्दा पनि सिर्जना भएको हुन्छ।
नेपालकै सन्दर्भमा हेर्दा, हाल देखिएको धेरैजसो राजनीतिक विकृति संसदीय प्रणालीको स्वाभाविक अपव्याख्या र दुरुपयोगबाट उत्पन्न भएको देखिन्छ। सांसदहरूको प्राथमिकता प्रभावकारी कानून निर्माणभन्दा पनि, सके मन्त्री बन्ने र नसके चुनाव क्षेत्रमा टुक्रे योजनाहरू लैजाने र त्यसैबाट मत बटुल्नेमा केन्द्रित हुन्छ। नीतिगत बहस र दीर्घकालीन दृष्टिकोणले निर्देशित शासन प्रणालीको अपेक्षा भन्दा, तत्कालीन लाभमा केन्द्रित व्यवहार हावी छ।
संसदीय व्यवस्थामा प्रधानमन्त्री तथा मन्त्रीहरूको चयन मूलतः दलहरू (विशेषगरी प्रभावशाली नेताहरू) द्वारा हुने भएकाले त्यस छनोटले आम जनभावनालाई प्रतिबिम्बित गर्न सक्दैन। यसले संसदबाट गठन हुने सरकारप्रति जनताको अपनत्व र विश्वास कम हुने सम्भावना बढाउँछ। प्रमुख कार्यकारीको प्रत्यक्ष निर्वाचन र गैर-सांसद मन्त्रि हुने ब्यवस्था हुँदा दलहरूको मनोपली कमजोर हुन्छ, र दलका नेता अबाञ्छित राजनीतिक शक्ति पनि।
हालको संवैधानिक व्यवस्थाभित्रै थुप्रै यस्ता अन्तर्विरोध छन्, जसले स्थायी, सक्षम र उत्तरदायी सरकार निर्माणको सम्भावना कमजोर बनाउँदै लगेको छ।
यस्तो परिस्थितिमा, देशका बौद्धिक वर्गले 'पोलिटिकल करेक्टनेस' को सुरक्षित गुँड, 'इको चेम्बर' बाट बाहिर निस्कनु आवश्यक छ। समस्या चिन्न र समाधान खोज्न बुद्धिबलले मार्ग देखाउनु आजको खाँचो हो।
नत्र, जनताको निराशा केवल राजनीतिक पात्रहरूप्रति मात्र नभई, बौद्धिक जमातप्रति पनि मोडिन सक्ने खतरा रहन्छ।
Exclusive #Thread 🧵
🔹कब, क्यों और कैसे डूबी द्वारका?
🔹प्राचीन द्वारका नगरी
🔹गांधारी ने दिया था यदुवंश के नाश का श्राप
🔹ऋषियों ने दिया था सांब को श्राप
🔹 समुद्र में डूबे हुए द्वारका नगरी के अवशेष
🔹 अंधकवंशियों के हाथों मारे गए थे प्रद्युम्न
🔹यदुवंशियों के नाश के बाद अर्जुन को बुलवाया था श्रीकृष्ण ने
🔹बलरामजी के स्वधाम गमन के बाद ये किया श्रीकृष्ण ने
🔹अर्जुन अपने साथ ले गए श्रीकृष्ण के परिजनों को
डर थियो १७ क्विन्टल स्याउ खेर जाने हो कि भनेर, त्यो भन्दा ठूलो डर थियो एउटा युवाले देशभित्र गर्न खोजेको प्रयास असफल हुने हो कि भनेर।युवाहरू भन्छन्, हौसला थपिएको छ, अब आफ्नै कर्णालीको उत्पादनलाई देशभरी पुर्याउने हो !
मैले कक्षा ६ देखि भक्तपुरको आदर्श बहुउद्देश्य स्कुलमा पढेँ।
त्यो स्कुलमा व्यावसायिकतर्फ चारवटा विषय थिए । सबै विद्यार्थीले आफ्नो रुचिअनुसार एउटा विषय छान्नुपर्थ्यो। 'इन्डस्ट्रियल साइन्स' मा काठ काटेर विभिन्न सामान बनाउने सीप सिकाइन्थ्यो। अर्को थियो, 'होम साइन्स । खानेकुरा पकाउन, लुगा सिलाउन, बगैचा स्याहार्न सिकाउने यो विषय धेरैजसो केटीहरूले लिन्थे। 'कृषि' मा खेतीपातीसम्बन्धी पढाइ हुन्थ्यो। चौथो विषय थियो, 'सेक्रेटेरियल साइन्स' । यसमा टाइपराइटर चलाउन र व्यापारका सानातिना प्रयोगात्मक अभ्यास गर्न लगाइन्थ्यो। मैले यही विषय लिए।
हामीलाई 'सेक्रेटेरियल साइन्स' पढाउने मिस हुनुहुन्थ्यो, जाल्पा प्रधान। एकदिन उहाँले कक्षामा आएर भन्नुभयो, 'म एउटा समूह बनाइदिन्छु । अलिकति पैसा जम्मा गर, स्कुलमा सानो पसल थाप ।'
हामी वाल्ल पर्यौं ।
'दुईचार कुरा सिक्न पाउँछौ, एकदुई पैसा बचत हुन्छ,' उहांले सोध्नुभयो 'समूहको नेतृत्व कल्ले गर्छ ?'
कक्षा अचानक जांच दिनुपरेजस्तो सामसुम भयो। मैले फ्याट्ट हात उठाएँ।
हामीले पसल थाप्न भनेर घरबाट पैसा माग्न पाउँदैनथ्यौ । टिफिन बाट दिएको पैसा जम्मा गरौं भने त्यो पनि थिएन। स्कुलमै खुवाउँथ्यो। समस्या पर्यो। मैले उपाय सोचें, अबदेखि चना चट्पट, बम्बईया लड्डु सबै बन्द। घरबाट पैसा लिने, खर्च भने नगर्ने। केही नभए पनि दिनको एक मोहर, एक रुपैयाँ बच्थ्यो ।
साथीहरूले मेरो प्रस्ताव माने।
पैसा बचाऊ' अभियान सुरु भयो। म दिनहुँ साथीहरुसंग पैसा उठाउने, धर लगेर खुत्रुकेमा खसाल्ने । पहेंलो रङको माटोको खुत्रुकेमा मैले रातो साइनपेनले किरिडमिरिङ अक्षरमा लेखेको थिएं 'स्कूल प्रोजेक्ट' ।कस्ले कति पैसा दियो भन्ने हिसाब राख्न सबै मिलेर एउटा कापी किनेका थियौ। हिसाब लेख्ने काम सबैका आँखा सामुन्ने हुन्थ्यो।
महिना दिनपछि हामीले खुत्रुके फोड्यौ । डेढ सय रुपैयां चानचुन जम्मा भएछ ।
मिसले भन्नुभएको थियो, 'स्कूलमा के चिज बढी विक्छ, त्यही राख्नु ।' हामीले पिपलमेड पाउँ, रंगीविरंगी इरेजर, थरीथरीका सार्पनर र यस्तै केही खित्रीमित्रीहरू ल्यायौ ।
हामी हाफटाइममा छिछिटो खाजा खाएर कक्षाका डेस्क-बेन्च घिसार्दै चौरमा ल्याउँथ्यौ । झोलामा बोकेर ल्याएको दोकान डेस्कमाथि सजाउथियौ । सुरुमा त स्कुलका अरू विद्यार्थी हेरेका हेरै भए। कोही सोध्न पनि आए, 'के रमिता हो' भनेर। हामीले प्रोजेक्ट वर्क' भन्यौं। सुनेर उनीहरू खासखुस गर्ने। अनि गोजी छाम्थे। हामीले सामान नै त्यस्तै छानेका थियौ मन भुलाउने, आँखा लोभ्याउने। हाफटाइमको आधाघन्टे छुट्टीमा जति हुन्छ बेचेर हामी आफ्नो दोकानलाई फेरि त्यही झोलामा पोका पार्थ्यम।
अन्तिम घन्टीपछि दिनभरिको हिसाब जाल्पा मिसलाई देखाउनु पर्ने थियो। कुन चिज कतिमा किनेको, कतिमा बेचेको, कति नाफा भयो सब त्यही म्याथ कापीका चारपाटे कोठाहरूमा लेखेर बुझाउनुपर्थ्यो ।
व्यापारमा त्यो मेरो चञ्चुप्रवेश थियो । आज ४५ वर्षपछि मैले गर्ने कारोवार सैद्धान्तिक रूपमा त्यो भन्दा फरक छैन। सानो-ठूलोको कुरा मात्र हो ।
बहुद्देश्यीय हाई स्कुलको त्यो सिकाइले मभित्र अर्द्धचेतन अवस्थामा रहेको व्यापारिक सोच र व्यवहारलाई जगाइदिने काम गर्यो भन्ने लाग्छ । बचत परिचालन, पुँजी निर्माण, बजारको माग बने, खरिद विकीबीच मार्जिन राख्ने यस्ता आधारभूत व्यापारिक सीप मैले त्यहाँ स्कुलको आधाघन्टे पसलबाट सिकें।
विद्यार्थीलाई परीक्षाको दौडमा सामेल गराउनेभन्दा ज्ञान दिनेगरी पढाउने त्यो स्कुलले मेरो जीवनमा एक सय असी डिग्रीको परिवर्तन ल्याइदियो। म त्यहाँको शैक्षिक वातावरणमा रमाएँ।
मैले एसएलसीसम्म त्यहां पढ़ें। र, त्यहींबाट २०२८ सालको एसएलसीमा बोर्ड पाँचौ भएँ।
हाम्रो स्कुलबाट अरू दुईजना साथी पनि बोर्ड आएका थिए । छैठौ स्वानमा विश्वम्भर चित्रकार र सातौंमा कृष्णबहादुर नापित ।
मेरो जिन्दगीको पहिलो र सबै भन्दा महत्त्वपूर्ण 'टर्निङ प्वाइन्ट' त्यही स्कुलको वातावरण हो। त्यहाँ पाएजत्तिको शिक्षा त्यसपछिको कुनै पढाइले दिएन ।
आज तपाइँहरुको रिजल्ट जस्तो आएपनि जिन्दगी एकदम लामो छ । स्कुलमा सिकेको कुरा रिजल्ट भन्दा धेरै काम लाग्नेछन । अगाडी बढनुहोला । हार्दिक सुभकामना ।
अमेरिकाको राष्ट्रपति पदका लागी टेलिभिजन बहसमा भरखरै दुइ 'बुढ़ा' भिड़े । चंखे भाइले दुबैलाई ताली बजायो । जो जिते पनि , उ अमेरिका जान चाहन्छ । नेपालमा चाही उ दिनरात- ' यति बुढो पनि नेता हुन्छ' भन्दै सराप्छ । उ अम्रिका जान चाहन्छ ।
दुबै बुढालाई बराबर ताली बजाए पछी - उस्ले गितार झिक्यो । बजायो त्यो पुरानो गीत - 'एव्री बडी वान्स तो गो तो अम्रिका , एज डज नट मैटर ! ' 🤣
वाई वाई, नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरुमा फैलिदै गएको छ । हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् ।जसमा वाइ वाइलाई निशाना बनाइएको छ। हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्।
अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं।
नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं। 🙏
विश्वकै ठूलो लगानी सल्लाहकार जेपी माेर्गनले समेत कर तिर्नुपर्छ भनेर दिएको सल्लाह बेवास्ता गर्दै नेताको मौखिक आश्वासनमा भर गर्दा १ खर्ब ४३ अर्ब खर्चेर एनसेल किनेको आजियाटा घाटाको हिसाब बोकेर फिर्ता हुनुपरेको छ । नेपालमा उसले भोगेको घाटा वा दुःख नेपालमा लगानीको वातावरण नभएर हैन कि, कर छल्न सकिन्छ कि भन्ने उसकै अपरिपक्व प्रयासले सिर्जित हो । https://t.co/C3wj3PtjD2
बर्षौं लगाएर पुल्चोकमा नाम निकाल्थे विद्यार्थीहरु। हुँदा हुँदा पुल्चोकमा समेत सिट खाली? +२ पछि को पलायनलाई हल्का ढंगले लिएको नतिजा। हामी खिइँदै छौँ, हामी सक्किंदै छौँ। हामी ठूलै भड्खालोमा पर्ने निश्चित छ।।