बन्धन र स्वतन्त्रताका कथा ।सपना र रहरका कथा । समाजले दिइरहने उर्दी र तिनको अवज्ञाका कथा। 'सयौँ पुतली' एकसाथ रंगीन र श्यामस्वेत जिन्दगीका कथाहरू ।
विमोचन यही वैशाख ७ गते । समय छुट्याउनुस् ल !
बिस्तारमा पछि भन्नेछु 😍
"यदि कुनै दिन हामीभन्दा शक्तिशाली अर्को कुनै प्रजाति यो धर्तीमा आयो र उसले आफ्नो स्वार्थका लागि हामी मानव जातिलाई यसै गरी मार्न थाल्यो भने हामीलाई कस्तो महसुस होला?हामी आफूलाई चेतनाशील प्राणी भन्छौँ, तर हाम्रो चेतना केवल आफ्नै प्रजातिको स्वार्थ रक्षा गर्ने बेला मात्रै किन जाग्छ?"
सरकारले कर्मचारीको तलब बढायो । खुसीको कुरा । तर जसले बिहान उठेदेखि घाम अस्ताउँदासम्म घाम-पानी नभनी मजदुरी गरेर परिवार पाल्छ, तिनको ज्याला बढाउन कसले पहल गर्ने हो अब ? कर्मचारीको तलब बढ्दा महँगी बढ्छ । यसको चोट सबैभन्दा पहिले भुइँमान्छेलाई पर्छ । यतातिर सरकारको ध्यान पुगोस् ।
गगन र विश्वको यो आँट र साहस नेपाली काँग्रेसको मुटुमा फेरि ज्यान भर्ने प्रयास हो । पुरानो नेतृत्वको ढिस्कोमुनि थिचिएको सपना, युवाहरूको आँसु र आक्रोश फुटेर बाहिर निस्किने क्रममा देखिन्छ। विशेष अधिवेशनमार्फत पार्टीको आत्मालाई जोगाउने यो ऐतिहासिक विद्रोहले काँग्रेस फेरि जागोस् ।
प्रिय शेरबहादुर दाइ,
तपाईंको गौरवशाली विगतको नजिकको साक्षी हुनुको नाताले विनम्र अनुरोध छ-परजीवीहरूको घेराबन्दीमा परेर पार्टीको विधान र कार्यकर्ताको भावना उपेक्षा नगर्नुस्। नत्र विशेष महाधिवेशनको गणित जे होला, इतिहासको कसीमा तपाईंको मूल्यांकन कसरी होला? अझै सकिन्छ त्यो ��ेरा तोड्न।
गगन र विश्वप्रकाशको लडाइ व्यक्ति केन्द्रित नभएर संरचनाको विरुद्ध हो । पुरानो, कुरुप र मक्किएको प्रणाली भत्काउने यो संघर्ष उनीहरूको मात्र होइन, सबै नेपालीको साझा र ऐतिहासिक लडाइ हो ।
‘निर्झर पहाडको’ कि ‘नीर सर्यो पहाडको?’
माधव प्रसाद घिमिरेद्वारा लिखित ‘फूलको थुँगा बहेर गयो’ गीतको अन्तराको एउटा भाग धेरैले ‘निर्झर पहाडको’ गाउँछन् । तर खास गीतमा ‘निर्झर’ हैन, ‘नीर सर्यो’ भनिएको छ ।
तपाईँले यो भागमा के सुन्नुहुन्थ्यो?
Edit: Surakshyan
Proofreading: @lendaai
हाम्रा नवयुवाहरूले सोच्नुपर्ने छ — उनीहरू धीर, गम्भीर र गहिरो समुद्र बन्ने कि उर्लिँदो खहरे? खहरे बन्ने धुनमा गडगडाउन त रमाइलै हुन्छ, तर जब भल सुक्छ, त्यतिखेर खहरेलाई कमिलाले पनि पत्याउँदैन।
Setopati
जेनज���हरू कतै मेरो भतिज जस्तै भ्रममा त छैनन्? https://t.co/nPU7Lt4Vca