प्रधानमन्त्री कुनै प्रसाशनिक पद होइन। नेपालको प्रसाशनको नेतृत्त्व त, मुख्यसचिवले गर्छन। प्रधानमन्त्री त देशको नेता हो। लोकतन्त्रमा मा नेता, जनता संग संवाद गर्छ। नबोल्ने, भाग्ने, अलग थलग रहने मान्छे, नेता हुन सक्दैन।
बालेन स्वयं सम्झिन सक्ने मनोदशामा छन जस्तो मलाई लाग्दैन।
कुनै बेलायतमा बस्ने अदृश्य शक्तिले सम्झाउने हो कि, जर्साबले सम्झाउने हो, सम्झाउँ!
राष्ट्रहितमा सम्झाउँ!
उज्यालो नेपाल पार्टिका 'सक्कली' अध्यक्ष, सरकारमा बस्छन कि चुनाव लड्छन !
प्रधानमन्त्रीको कुरो मान्ने हो भने, चुनाव लड्नेहरुलाई सरकारमा स्थान छैन !
कि पार्टी खोलेर, दस्तावेजमा नाम नराखुन्जेल पाइने हो ?
एउटा शब्द छ: 'तृताल' ! यसको अर्थ खोजौ है साथी हो !
अलिङ्गन, एकतर्फी प्रेम लगायतका कुराहरु रमाइलो हुन ! त्यस्तो रमाइलो कम्तिमा चिता चिसो भैसके पछि गर्दा राम्रो हुन्थ्यो !
भौतिक अस्थिति त तपाईबाट अपेक्षित नि थिएन !!
The Gen Z protest of Nepal stresses the need for participatory democracy. The youth of today are not satisfied by merely casting votes once every 5 years. They are to participate in the polity of the nation. Let's all hope for the good. Full support!!!
फेरी भन्छु ! पुनः भन्छु ! दोहराएर भन्छु ! तेहराएर भन्छु ! केपी ओली, शेर बहादुर देउवा र प्रचण्डले अवकाश लिनु बेस ! उनीहरु आफ्नै लागि बेस ! पार्टिका लागि बेस ! समाजका लागि बेस ! देशका लागि बेस !
१ प्रचण्डलाई दरवार, दल वा सेना कसैले नि हराउन सकेन। आखिरमा समझदारी भएको हो ! ज्ञानेन्द्रले नि त्यो स्तरको जागरण ल्याउँदा भो ! कसले रोक्या छ ?
२ होलेरीमा माओवादिको पुरै पोलितब्यूरो घेरामा परेको हैन ? त्यहिँ सिद्धिन्थे सबै माओवादि ! कसले रोकेको ? किन रोकेको ?
हे महाराजाधिराज, हे धर्मावतार, हे करुणानिधान प्रभू, हे धर्मध्वजरक्षक, हे नारायणस्वरूप, सविन महर्जनको लाश माथि निगाह होस प्रभु ! सरकारको सेवामा पल्टेको त्यो लाशलाई दुई कृपपूर्ण वाणीको हुकूम निगाह होस सरकार !!
यत्रो बेर भैसक्यो ! उसैलाई गद्दिमा बसाउँछु भनेर ज्यान नै फालेको एउटा २९ वर्षीय केटोको लागि श्रद्धाञ्जलीको एक लाइन जारी गर्न सकेन !
त्यस्ताले राष्ट्रको अभिभावकत्व लिने रे !
पहिला जसको जैविक अभिभावक हो, त्यसलाई त सम्हाल !
राजा हिजो मन पर्या थिएन ! दाई नै मार्यो भने ! निकाले !
एक छिनलाई मानौं, आज मन पर्यो ! अब फेरी नासल चोकमा लगेर श्रीपेच लगाइदिउँ !
अनि फेरी भोलि मन परेन ! अनि के गर्ने ? फेरी निकलने ? कि के गर्ने ?
नेपालीहरु obituary दिन साह्रै नै हतारो गर्ने जात हो! प्रचण्ड सिद्धिने पथमा अवश्य छन, सिद्धिसक्या छैनन! सिध्याउनु पर्ने कुरामा चैं विमति छैन! High Dependency Unit (HDU) बाट Intensive Cave Unit (ICU) मा चैं सरे, mortuary चैं पुगिहाल्या छैनन!
म एक डाक्टर, आज म नै हो on call! Battery 5% बाकि छ,बत्ती हाम्रो तीनकुनेमा मरीगए आउन्न! Laptop बाट मोबाइल चार्ज मरी गए भएन!केहि मिनेटमा बत्ती नआएमा म सम्पर्कविहिन! सम्पर्कमा आउन नसक्दा, कुनै बिरामीलाई केहि भैहालेमा, प्रधिकरण जिम्मेवार! प्रमाण रहोस भनेर x मा लेखेको ! @kulmanghNea3
मेरा लागि कॉंग्रेस केवल राजनैतिक आस्था हैन! जीवन पद्धति हो! एउटा वृहत परिवार हो! यो शरीर छोडिन्छ तर काँग्रेस छोडिन्न!
तर काँग्रेसकै हितमा यति चैं अवश्य भन्छु, यसमा सुधार अपरीहार्य भैसक्या छ!
जसले जेसुकै भनोस, यो मुलुकको सक्कली खेलाडि चैं, ओली नै हुन! देशको ४५ औं प्रधानमन्त्रीका रुपमा खड्ग कमरेडलाई अग्रिम बधाई! बिचरा रवी, प्रचण्ड भन्दा अगाडि नै मुकुल बोकेर बालकोट पुग्या थिए! माया पो लाग्यो त हो!