मृत्युको डरले जीवनको सार्थकलाई पछयाउँछ । एक व्यक्ति पूर्णरूपले जिउँछ जो कुनै पनि समयमा मर्न तयार हुन्छ।बाँच्ने अभ्याससँगै म मर्ने अभ्यास पनि गर्दै छु ।🇳🇵
@jbeanhibbs It never meant to make us feel like less—some things just don’t add up, no matter how much we want them to. I hope you find what feels right, even if it’s not here.
यादहरु छन् तर
पुराना छन्।
हजार शब्द लेखे पनि
खाली पाना छन्।
तिमी थियौ, जीवन थियो,
कोही थियो- आफ्नो थियो।
तिमी गयौ- सबथोक गयो,
मनभित्रको आलोक गयो।
आफन्त छन् तर
बिराना छन्।
यादहरु छन् तर
पुराना छन्।
• विस्मय ☺️
मानौं म इन्द्रेणीसरी सप्तरङ्गी सपना हुँ,
के मैले कालो रङ बनेको
विपनीलाई आफ्ना रङका
छिटाले पोतिदिन सक्छु?
म विपनालाई पनि
आफूजस्तै बनाउन चाहन्छु।
तर मैले यो कुरा कस्लाई भनुँ?
विपना त आफै चलिरहेछ
मेरो प्रवा नै नगरी,
मै सपना त हुँ जो आफू सजिए जस्तै
विपनालाई पनि सजाउन चाहन्छु। :)
चाहँदैमा पाइन्छ?
कसैको प्रेम
कसैको मिठो हाँसो
कसैको मधुर जवाफ
कसैको मायालु हेराई...
चाहना दोहोरो हुनुपर्छ
चाहनामा संयोग हुनुपर्छ।
एकोहोरो त
याद हुन्छ साथी
पर्खाई हुन्छ, तड्पाई हुन्छ।
चाहँदैमा-
संसारको खराब भन्दा
खराब चिज पनि पाइन्न।
चाहँदैमा-
केही पाइन्न।
• विस्मय😊
अव्यक्त कुराहरु नै
धेरै सुन्दर हुन्छन् बरु।
जस्तो-
मनमा दबिएर बसेको प्रेम
ओठमा फक्रिएको मुस्कान
मुहारमा धुम्मिएको मायालु रिस
बोल्नु-भाव सिद्ध्याउनु
नबोलेरै भावनाहरु
साटिन्छन्, भनिन्छन्
सुनिन्छन्, सुनाइन्छन्।
मेरो प्रेम पनि
अव्यक्त प्रेम थियो
प्रिय!
तिमीलाई कहिलै महसुस भयो?
☺️
तिमीलाई
अझै पनि मौका छ
मलाई खोज्ने।
तिमीलाई
अझै पनि मौका छ
मलाई भेट्टाउने।
मौका बारम्बार आउँदैन-
तिमीलाई
अझै पनि मौका छ।
हुनसक्छ-
अरु पनि
हजारौँहरु
सयौँहरु
मेरो खोजीमा निस्किएका हुनसक्छन्
र भेट्टाउन सक्छन् मलाई।
तिनीहरु आइपुग्नभन्दा पहिलै
तिमीलाई
अझै पनि मौका छ।
•विस्मय 😊
Introverts disappear sometimes. It's their thing. To think. Reflect. Connect the dots. Contemplate their actions. And to make sense of life. It's not you, it's them. They just need to repair, readjust, and realign their mind, body, and soul. All alone.
May be you had flown away far.....
very far.............
May be you forget the way
To get back home ..
May be the home is restructured and
Painted white over the black & tattered colours..
May be your willingness are faded ..
May be your sleeps are good you enjoy them..
: ) :
मानिसको मन हुन्छ
भावना हुन्छ
स्मृति हुन्छ
चिन्तन हुन्छ
बोली हुन्छ।
न्याय-अन्यायको चेत हुन्छ।
न्यायको आवाज बलियो बनाऔँ।
बोलौँ।
कठोर पनि छ दुनिया
क्रूरता पनि प्रशस्त छ।
जो उभिदैन
जो बोल्दैन
प्रायः हेपिन्छ
बोलौँ!
शुभ होस्
- नीलाम्बर आचार्य